Headline

टोटनह्यामसँग पराजित भएपछि लेस्टर शिर्ष चारबाट झर्ने खतरामा

Published

on

ह्यारी केनले दुई गोल गरेपछि टोटनह्यामले तेस्रो स्थानमा रहेको लेस्टर सिटिलाइ ३-० ले पराजित गर्दै नराम्रो झट्का दिएको छ ।

शिर्ष चारमा रहदै अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनालाई कायम राख्न लेस्टरले आइतबार टोटनह्यामसँगको खेल जित्नै पर्ने दवाब रहेको थियो। दवाबमा लेस्टरले टोटनह्यामको आक्रमणलाई रोक्न नसक्दा खेलको छैटौ मिनेटमै गोल खान पुगेको थियो।

टोटनह्यामले पहिलो गोल उपहार पाएको थियो। लेस्टरका जेम्स जस्टिनले डिफेण्ड गर्ने क्रममा आफ्नै पोस्टमा गोल गर्दै टोटनह्यामलाई अग्रता दिएका थिए। होजे मोउरिन्होको टोलीका लागि दोस्रो गोल भने केनले पहिलो हाफको ३७ औँ मिनेटमा गरेका थिए। उनले लुकास मोराको पासलाई सदुपयोग गर्दै बललाई जाली चुमाउन सफल भए।

दोस्रो गोल गरेको  तीन मिनेट पनि नबित्दै टोटनह्यामले खेलमा तेस्रो गोल गर्न  सफल भयो। ४० औँ मिनेटमा फेरी केनले मोराकै पासलाई सदुपयोग गर्दै ३-० को आग्रता दिलाउन सफल भएका थिए।

केनले दुई खेल मा चार गोल गरिसकेका छन्

लेस्टर ६२ अंकका साथ तेश्रो स्थानमा यथावत रहेको छ भने एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेड ६२ अंकका साथ चौथो स्थानमा छ।

जित सँगै टोटनह्याम ५८ अंकका साथ पाचौँ स्थानमा उक्लिएको छ।

Click to comment

Trending