अन्तर्राष्ट्रिय

इंग्ल्यान्डको आशामा बर्षा बाधक

Published

on

पहिलो टेस्टमा हारको सामना गरेको घरेलु टोली इंग्ल्यान्डको दोश्रो टेस्टमा जीत दर्ता गराउने आशामा बर्षा बाधक बनेको छ । वेस्ट इण्डिज बिरुद्धको दोश्रो टेस्टको तेश्रो दिन लगातार रुपमा बर्षा हुँदा खेल हुन सकेन ।
इंग्ल्यान्डले बनाएको चार सय ६९ रनको विशाल योगफल पक्ष्याएको वेस्ट इण्डिजले दोश्रो दिनको खेलको समाप्तीमा एक विकेटको नोक्सानीमा मात्र ३२ रन बनाएको थियो भने इंग्ल्यान्ड भन्दा चार सय ३७ रनले अझै पछि रहेको छ ।
डोम सिब्ली र बेन स्टोक्सले शतक प्रहार गरेसँगै इंग्ल्यान्डले दोश्रो दिनको खेलमा आफ्नो पकड जमाउन सफल भएको थियो ।
३१ दशमलब दुई ओभरमा कुल ८१ रनको स्थितीमा तीन विकेट गुमाएको इंग्ल्यान्डको पारी सम्हाल्ने क्रममा ओपनर डोम सिब्ली र बेन स्टोक्सले चौथों विकेटका लागि २६० रन जोडे जोडे । अघिल्लो दिन ८६ रनमा अविजित रहेका सिब्ली १२० रन बनाएर आउट भए भने ५९ रनमा दोश्रो दिनको खेल सुरु गरेका स्टोक्सले एक सय ७६ रनको विशाल पारी खेले । सिब्लीले ३७२ बल तथा स्टोक्सले ३५६ बलको सामना गरे ।
इंग्ल्यान्डको लागि स्टोक्स र सिब्ली बाहेक ओपनर रोरी बर्न्स ३५ बलमा १५ रन, तेश्रो नम्बरमा ब्यटिङ गर्न आएका जाक क्रले गोल्डेन डक आउट तथा चौथों नम्बरमा ब्याटिंङ गर्न आएका कप्तान जो रुटले पनि २३ रन भन्दा बढी रन जोड्न सकेनन् । त्यस्तै विकेट किपर ब्याट्सम्यान जस बटलरले पनि ४० रनको पारी खेल्दा डोम बेस ३१ रनमा अविजित रहे ।
वेस्ट इण्डिजका रोस्टन चेजले सर्वाधिक पाँच विकेट हात पारे भने किमार रोचले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए ।
तीन खेलको शृंखलामा वेस्ट इण्डिज १-० ले अघि रहेको छ । साउथह्याम्टनमा भएको पहिलो टेस्टमा वेस्ट इण्डिजले चार विकेटको रोमान्चक जीत हात पारेको थियो ।

Click to comment

Trending