अन्तर्राष्ट्रिय

बीसीसीआईले हार्यो मुद्दा, डेक्कनलाई ४८ सय करोड क्षतिपुर्ती दिन पर्ने

Published

on

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले डेक्कन क्रोनिकल होल्डिङ्ग्सलाई ४८ सय करोड क्षतिपुर्ती दिन पर्ने भएको छ ।

बम्बई उच्च अदालतले बीसीसीआई र डेक्कन बीच परेको मुद्दाको फैसला गर्दै बोर्डलाई सेप्टेम्बरको अन्त्य सम्ममा डेक्कनलाई ४८ करोड भारतीय रुपैयाँ दिन भनेको छ । डेक्कन चार्जर्सले आफ्नो टोलीलाई आईपीएलबाट हटाउने बीसीसीआईको निर्णय बिरुद्ध अदालतको ढोका ढकढकाएको थियो ।

सन् २०१२ को सेप्टेम्बर १५ मा बीसीसीआईले डेक्कनसँगको आईपीएलको सम्झौता रद्द गर्दै उसकोको स्थानमा हैदराबादलाई आईपीएलमा समावेस गरेको थियो । दुबै बीच वादविवाद बढे पछि त्यसको एक हप्ता पछि मध्यस्थातामा जाने निर्णय भएको थियो तर केहि टुंगो नलागे पछि डेक्कन अदालत गएको थियो ।

बीसीसीआईले भने डेक्कनले आफुलाई तिर्न पर्ने रकम नतिरेको भन्दै आईपीएलबाट निकालेको बताउँदै आएको छ । आफु बिरुद्ध फैसला आएपछि बीसीसीआई फेरी अदालत धाउने धुनमा रहेता पनि बोर्डका कुनै पनि सदस्यले यसका बारेमा केहि बोलेका छैनन् ।

आईपीएल सुरु हुँदा डेक्कनले एक सय सात मिलियन डलर (उक्त समयमा डलरको भाउ ४० भारु रहेको थियो ) खर्चेर किनेको थियो ।

Click to comment

Trending