Headline

डेढ दशकपछि प्रिमियर लिगमा फर्किएको लिड्स

Published

on

कुनै समयको ठूलो टोली मानिएको लिड्स युनाइटेड शुक्रबार १६ बर्षपछि इङ्गलिस प्रिमियर लिगमा बढुवा भएको छ ।

इङ्गल्याण्डको दोश्रो श्रेणीको घरेलु फुटबल प्रतियोगिता इङ्गलिस च्याम्पियनसिपमा हडर्सफिल्ड टाउनसँग २–१ ले पराजित भएपछि लिड्सको प्रिमियर लिगमा बटुवा निश्चित भएको हो । शनिबारको खेलमा ब्रेन्टफोर्ड स्टोकसँग बराबरीमा रोकिएको खण्डमा नै लिड्सले च्याम्पियनसिपको उपाधि आफ्नो नाम गर्नेछ ।

ब्रेन्टफोर्डले जितेको खण्डमा लिड्सले आइतबार हुने खेलमा डर्बी काउन्टिसँग हार टारे पनि उपाधि जित्नेछ । २०१८–१९ को सिजनमा अर्जेन्टाइन मार्सेलो बिएल्साले आफ्नो पहिलो सिजनमै ल्सिलाई तेश्रो स्थान दिलाएपछि अहिले भने क्लबलाई प्रिमियर लिगसम्मै डोर्याएका छन् ।

कोरोना भाइरसका कारण फुटबलमा ब्रेक लाग्दा पनि लिड्सले अघिल्ला सिजनहरुमा गरिएका गल्ति नदाहोर्याउदा यो सिजन उचित रुपले पुरस्कृत हुन पुगेको हो । २०१९ को नोभम्बर यता लिड्स च्याम्पियनसिपको अंक तालिकामा कुनै पनि समय पहिलो दुई स्थानभन्दा बाहिर गएको थिएन ।

एक समयको निकै राम्रो टोली मानिएको लिड्सले तीन पटक प्रिमियर लिगको उपाधि जितेको थियो भने एक एफए कप, एक लिग कप र दुई कम्युनिटी शिल्ड पनि जितिसकेको छ । १९७५ मा च्याम्पियन्स लिगको फाइनल पुगेको लिड्स उपाधिका लागि भएको खेलमा बायर्न म्युनिखसँग पराजित हुन पुगको थियो ।

अघिल्लो सिजन नै विगन र ब्रेन्टफोर्डसँग लगातार पराजित नभएको भए लिड्स प्रिमियर लिगमा उक्लिसकेको हुने थियो । लिड्सको स्थानमा सेफिल्ड युनाइटेड बढुवा भएको थियो । प्ले अफ सेमिफाइनलमा लिड्स डर्बि काउन्टिसँग हार्न पुगेको थियो ।

वेष्टह्याम लगभग सुरक्षित

संघर्षरत वाट्फोर्डलाई ३–१ ले पराजित गरेपछि वेष्टह्यामले इङ्गलिस प्रिमियर लिगमा रेलिगेसन लगभग टारेको छ । महत्वपूर्ण जितपछि वेष्टह्याम दुई खेल मात्र बाकी रहेको अवस्थामा रेलिगेसन जोनभन्दा दुई स्थान माथि उक्लिएको छ । वर्नमाउथ र एस्टन भिल्लासँग ६ अंकको स्पष्ट अग्रता बनाएको वेष्टह्याम बलियो गोल अन्तरले पनि सुरक्षित देखिन्छ ।

वर्नमाउथ र भिल्लाको समान ३१ अंक रहेको छ भने नर्विच सिटी २१ अंकले यसअघि नै रेलिगेट भइसकेको छ । वेष्टह्याम पछाडी ब्राइटन (३७) र वाट्फोर्ड (३४) रहेका छन् । पराजयपछि वाट्फोर्डमा भने रेलिगेसनको खतरा बढेको छ ।

Click to comment

Trending