Headline

स्टोक्स र सिब्लीको शतकमा दोश्रो दिन इंग्ल्यान्डको पकड

Published

on

डोम सिब्ली र बेन स्टोक्सले शतक प्रहार गरेसँगै वेस्ट इण्डिज बिरुद्धको दोश्रो टेस्टको दोश्रो दिनको खेलको समाप्तीमा इंग्ल्यान्डले खेलमा आफ्नो पकड जमाउन सफल भएको छ ।

इंग्ल्यान्डले दोश्रो दिन आफ्नो पहिलो पारीमा एक सय ६२ ओभर खेल्दै नौं विकेटको नोक्सानीमा चार सय ६९ रनको विशाल योगफल बनाउँदै पारी घोषणा गर्यो भने दिनको समाप्तीमा वेस्ट इण्डिजको ३२ रनको अवस्थामा एक विकेट गुमाएको छ र उ इंग्ल्यान्ड भन्दा चार सय ३७ रनले अझै पछि रहेको छ ।

म्यानचेस्टरमा जारी खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको इंग्ल्यान्डले पहिलो दिनको खेलको खेल सकिंदा ८२ ओभर खेल्दै तीन विकेटको नोक्सानीमा मात्र दुई सय सात रन बनाएको थियो ।

३१ दशमलब दुई ओभरमा कुल ८१ रनको स्थितीमा तीन विकेट गुमाएको इंग्ल्यान्डको पारी सम्हाल्ने क्रममा ओपनर डोम सिब्ली र बेन स्टोक्सले चौथों विकेटका लागि २६० रन जोडे जोडे । अघिल्लो दिन ८६ रनमा अविजित रहेका सिब्ली १२० रन बनाएर आउट भए भने ५९ रनमा दोश्रो दिनको खेल सुरु गरेका स्टोक्सले एक सय ७६ रनको विशाल पारी खेले । सिब्लीले ३७२ बल तथा स्टोक्सले ३५६ बलको सामना गरे ।

इंग्ल्यान्डको लागि स्टोक्स र सिब्ली बाहेक ओपनर रोरी बर्न्स ३५ बलमा १५ रन, तेश्रो नम्बरमा ब्यटिङ गर्न आएका जाक क्रले गोल्डेन डक आउट तथा चौथों नम्बरमा ब्याटिंङ गर्न आएका कप्तान जो रुटले पनि २३ रन भन्दा बढी रन जोड्न सकेनन् । त्यस्तै विकेट किपर ब्याट्सम्यान जस बटलरले पनि ४० रनको पारी खेल्दा डोम बेस ३१ रनमा अविजित रहे ।

वेस्ट इण्डिजका रोस्टन चेजले सर्वाधिक पाँच विकेट हात पारे भने किमार रोचले पनि दुई विकेट आफ्नो नाममा दर्ता गराए ।

आफ्नो पहिलो पारीमा वेस्ट इण्डिजका जोन क्याम्पबेल १२ रनमा साम कुर्रानको शिकार भए भने क्रेग ब्राथवेट र अल्ज़र्री जोसेफ क्रमसः छ तथा १४ रनमा अविजित रहेका छन् ।

तीन खेलको शृंखलामा वेस्ट इण्डिज १-० ले अघि रहेको छ । साउथह्याम्टनमा भएको पहिलो टेस्टमा वेस्ट इण्डिजले चार विकेटको रोमान्चक जीत हात पारेको थियो ।

Click to comment

Trending