Headline

जिदानलाई च्याम्पियन्स लिग भन्दा ला लिगा उपाधिको बढी खुशी

Published

on

स्पेनिस ला लिगा लकडाउनपछि सुचारु हुँदा रियल म्याड्रिडले हात पारेको लगातार १० मध्येको अन्तिम जितमा भिलारियाललाई २–१ ले हराउदै फेरि एक पटक स्पेनको च्याम्पियन बन्न सफल भयो । प्रशिक्षक जिनेदिन जिदानले तीन बर्षमा पहिलो ला लिगाको उपाधिले उनलाई च्याम्पियन्स लिग जितेभन्दा बढी खुशी दिएको बताएका छन् ।

बार्सिलोना बिहिबारकै खेलमा ओसासुनासँग स्तब्ध भएपछि रियलले एक खेल बाकी नै रहेको अवस्थामा उपाधि आफ्नो नाम लेखायो । “यो (उपाधि जित) अन्य कुनै पनि कुरा भन्दा राम्रो छ । ला लिगा जित्नका लागि धेरै मिहिनेत लाग्छ । ३८ खेलपछि तपाईसँग अन्य कुनै टिमको तुलानामा सबैभन्दा बढी अंक हुनेछ,” जिदानले भने ।

“व्यवसायिकताको हिसाबले आजको दिन मेरो लागि सबैभन्दा उत्कृष्ट मध्येको एक हो । हामीले जे प्राप्त गर्यौ त्यो निकै राम्रो छ,” जिदानले थपे ।

पछिल्लो समय च्याम्पियन्स लिगको तुलनामा रियलले निकै कम ला लिगा जितेको छ । उसले ९ सिजनमा तेश्रो घरेलु लिगको उपाधि जितेको हो । जिदानको पहिलो कार्यकालमा जिदानले लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो तर ला लिगामा भने किर्तिमानी तेश्रो बन्दै आएको थियो ।

Click to comment

Trending