Headline

दोश्रो टेस्टको पहिलो दिन सम्हालिएर ब्याटिंङ गर्दै इंग्ल्यान्ड 

Published

on

वेस्ट इण्डिज बिरुद्धको दोश्रो टेस्टको पहिलो दिन खराब सुरुवात गरेको इंग्ल्यान्डले दिनको खेलको समाप्ती सम्ममा सम्हालिएर ब्याटिंङ गरेको छ ।

म्यानचेस्टरमा जारी खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको इंग्ल्यान्डले पहिलो दिनको खेलको खेल सकिंदा ८२ ओभर खेल्दै तीन विकेटको नोक्सानीमा मात्र दुई सय सात रन बनाउन सकेको छ ।

३१ दशमलब दुई ओभरमा कुल ८१ रनको स्थितीमा तीन विकेट गुमाएको इंग्ल्यान्डको पारी सम्हाल्ने क्रममा ओपनर डोम सिब्ली र बेन स्टोक्सले चौथों विकेटका लागि अविजित एक सय २६ रन जोडे । २५३ बल खेल्दै सिब्ली ८६ रनमा तथा १५९ बल खेल्दै स्टोक्स ५९ रनमा अविजित रहेका छन् ।

इंग्ल्यान्डका ओपनर रोरी बर्न्स ३५ बलमा १५ रन बनाएर आउट भए भने तेश्रो नम्बरमा ब्यटिङ गर्न आएका जाक क्रले गोल्डेन डक आउट हुन पुगे । त्यस्तै चौथों नम्बरमा ब्याटिंङ गर्न आएका कप्तान जो रुटले पनि २३ रन भन्दा बढी रन जोड्न सकेनन् ।

वेस्ट इण्डिजका रोस्टन चेजले दुई तथा अल्ज़र्री जोसेफले एक विकेट हात पार्न सफल भए ।

तीन खेलको शृंखलामा वेस्ट इण्डिज १-० ले अघि रहेको छ । साउथह्याम्टनमा भएको पहिलो टेस्टमा वेस्ट इण्डिजले चार विकेटको रोमान्चक जीत हात पारेको थियो ।

Click to comment

Trending