Headline

जैविक शुरुक्षा प्रोटोकोल तोड्दा आर्चर टोश्रो टेस्टबाट बाहिरिए

Published

on

इङ्गल्याण्ड र वेल्स क्रिकेट क्रिकेट बोर्डले तय गरेको जैविक सुरक्षा प्रोटोकोल तोड्दै बाहिर निस्किएपछि इङ्गल्याण्ड फास्ट बलर जोफ्रा आर्चरले वेष्ट इण्डिजबिरुद्धको दोश्रो टेस्ट गुमाउने भएका छन् ।

पहिलो टेस्टमा चार विकेटको पराजय बेहोरेको इङ्गल्याण्ड बिहिबारदेखि नै शुरु हुन गइरहेको दोश्रो टेस्टमा पाहुना टोलीको सामना गर्न गइरहेको छ । कोरोना भाइरसको संक्रमण जारी नै रहदा इङ्गल्याण्डले श्रृंखलाका लागि कडा स्वास्थ्य प्रोटोकोल बनाएको छ ।

आर्चरले कस्तो नियम तोडेको स्पष्ट नभएपनि उनले उनी साउथ्याम्प्टनबाट आफ्नो फ्ल्याटमा गएको सम्म क्रिकेट बोर्डले स्पष्ट पारेको छ । छुट्टै कारहरुमा गएका खेलाडीहरुलाई पुर्व निर्धारित स्थानहरु बाहेक अन्य कतै पनि रोक्न अनुमति दिइएको थिइएन ।

इङ्गल्याण्ड र वेष्ट इण्डिजले दोश्रो टेस्ट शुरु गर्नुभन्दा तीन घण्टा अगाडी मात्रै यो समाचार बाहिर आएको थियो । आर्चर अब पाँच दिनका लागि सेल्फ आइसोलेसनमा बस्नु पर्नेछ भने दुई पटक कोभिड–१९ परिक्षणमा नेगेटिभ आउनु पर्नेछ ।

“मैले जे गरे त्यसको लागि म माफी माग्न चाहन्छु । मैले आफूलाई मात्रै नभएर सिँगो टिम र व्यवस्थापनलाई नै खतरामा पारेको छु । मेरो हर्कतको परिणाम स्विकार्नको लागि म तयार छु र सबैसँग माफी माग्न चाहन्छु,” आर्चरले भने ।

Click to comment

Trending