Headline

जर्मनीले टर्की र चेक रिपब्लिकसँग मैत्रीपूर्ण फुटबल खेल्ने

Published

on

जर्मनीले यहि अक्टोबर र नोभेम्बरमा टर्की र चेक रिपब्लिकसँग मैत्रीपुर्ण फुटबल आयोजना गर्ने भएको छ ।

जर्मन फुटबल संघले सोमबार आगमी अटममा नेसन्स कपको तयारी स्वरुप दुई देशसँग मैत्रीपुर्ण फुटबल खेल्ने जनाएको हो । जर्मनीले पहिलो खेल अक्टोबर ७ तारिखमा टर्की बिरुद्ध कोलोनमा र दोश्रो खेल चेक रिपब्लिकसँग नोभेम्बर ११ मा लाइपजिगमा खेल्ने छ ।

नेसन्स कप अन्तर्गतको लिग खेलमा जर्मनीले स्पेन, युक्रेन र स्विजरल्याण्डसँग खेल्ने छ । उसले सेप्टेम्बर ३ मा आफ्नो घरेलु मैदानमा स्पेनको सामना गर्नेछ भने त्यसको तीन दिन पछाडी स्विस टोलीसँग पनि आफ्नै घरेलु मैदानमा खेल्ने छ ।

त्यस्तै जर्मन राष्ट्रिय टोलीले अक्टोबरमा टर्कीसँगको मैत्रीपुर्ण खेल अक्टोबर ७ मा खेल्नेछ भने त्यस समयमा ६ दिनको अन्तरालमा तीन खेल खेल्ने छ । जर्मनीले नेसन्स कपको खेल अन्तर्गत युक्रेन र स्विजरल्यान्डको भ्रमण गर्नेछ ।

Click to comment

Trending