Corona Virus

इङ्गल्याण्डको भारत भ्रमण शंकाको घेरामा 

Published

on

इङ्गल्याण्डले सेप्टेम्बरमा गर्ने भनेको भारत भ्रमण कोरोना भाइरसका कारण शंकाको घेरामा परेको छ ।
इङ्गल्याण्डले सेप्टेम्बर अन्तिम तिर समान ३-३ एकदिवसीय र ट्वान्टी ट्वान्टी शृंखलाका लागि भारत भ्रमण गर्ने  कार्यक्रम रहेको थियो । तर भारतमा बढ्दो कोरोना संक्रमणका कारण शृंखला रद्द हुने प्रवल सम्भावना रहेको छ ।
भारतीय क्रिकेट बोर्डले शृंखला रद्द भैसकेको जनाएको त छैन तर केहि दिनमा बस्ने बोर्ड बैठकले इङ्गल्याण्ड भ्रमण तथा न्युजिल्याण्ड ‘ए’ ले गर्ने भारत भ्रमण दुबै स्थगित गर्नेछ ।
भारतमा करिब १० लाख मानिसमा कोरोना संक्रमण देखिए छ भने यसका कारण २५ हजारको ज्यान गएको छ ।
कोरोनाका नै कारण भारतीय क्रिकेट टोलीले हाल सम्म पनि अभ्यास सुरु गरेको छैन भने बीसीसीआई आगामी अगस्टमा अभ्यास सुरु गर्ने दाउमा छ । तर यसका लागि पनि कोरोनाको प्रभाव केहि कम हुन पर्नेछ भने बोर्डले भारत सरकारबाट पनि स्विकृत लिन पर्ने हुन्छ ।
भारत र इङ्गल्याण्डको भ्रमण पुर्ण रुपमा स्थगित भैसकेको छैन तर इंग्ल्यान्ड समाचार माध्यमहरु भने अर्को बर्षको सेप्टेम्बरमा स्थगित भएको शृंखला हुने जनाउँछन् ।

Click to comment

Trending