Headline

बिश्वकपको तालिका सार्वजनिक, समुह चरणमा प्रत्येक दिन चार खेल

Published

on

बिश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०२२ मा हुने कतार बिश्वकपका लागि मिति र तालिका बुधबार घोषणा गरेको छ ।

फिफा र कतारको आयोजक समितिको सर्वोच्च समितिले संयुक्त रुपमा घोषणा गरे अनुसार बिश्वकपको पहिलो खेल ६० हजार दर्शक क्षमता रहेको अल बायत स्टेडियममा हुनेछ । फाइनल भने डिसेम्बर १८ मा दोहाको लुसेल स्टेडियमका लागि तय भएको छ । लुसेल स्टेडियमको दर्शक क्षमता ८० हजारको रहेको छ ।

समुह चरणमा लगातार १२ दिन दैनिक चार खेलहरु हुनेछन् । यसका लागि कतारले ८ वटा रँगशालाको प्रयोग गर्नेछ । स्थानीय समय अनुसार समुह चरणको पहिलो खेल अपरान्ह १ बजे (नेपाली समय अनुसार २ः४५) र अन्तिम खेल राति १० बजे (नेपाली समय अनुसार १२ः४५) मा हुनेछ । प्रत्येक समुह चरणका खेलहरु तीन घण्टाको अन्तरालमा खेलाइनेछ ।

प्रि–क्वार्टरफाइनल अन्तर्गत प्रत्येक दिन दुई खेल हनेछन् भने दुई दिनको बिश्राम पछि क्वार्टर–फाइनल र अर्को दुई दिनको बिश्रामपछि क्वार्टरफाइनल अन्तर्गतका खेलहरु हुनेछन् । एसिया र अफ्रिकामा छनोट प्रतियोगिताहरु सञ्चालन भइसकेका छन् भने भने युरोप, अमेरिका र ओसियानामा शुरु हुनै बाकी रहेको छ ।

आयोजकले मार्च २०२२ को क्वालिफाइङ्ग विन्डोपछि टाइसिट सार्वजनिक गरिने जनाएको छ ।

Click to comment

Trending