Headline

फाइनान्सियल फेयर प्लेको ‘सर्कस’ समाप्त हुनुपर्छः होजे माउरिन्हो

Published

on

म्यानचेस्टर सिटीको यरोपमा खेल्ने दुई बर्षको प्रतिबन्ध उल्टिएपछि टोटेन्ह्याम हटस्परका व्यवस्थापक होजे माउरिन्होले युरोपियन फुटबल युनियन (युएफा) को फाइनान्सियल फेयर प्ले (एफएफपी) नियममा भइरहेको सर्कस अन्त्य हुनुपर्ने टिप्पणी गरेका छन् ।

युएफाको फाइनान्सियल फेयर प्ले नियम मिचेको आरोपमा सिटीलाई युरोपियन फुटबलको सर्वोच्च निकायले युरोपमा खेल्न (च्याम्यिन्स लिग अथवा युरोपा लिग) दुई बर्षको प्रतिबन्ध लगाएको थियो । तर सोमबार कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (सिएएस) ले सिटीले त्यस निर्णयबिरुद्ध गरेको अपिलको पक्षमा निर्णय गर्दै प्रतिबन्ध खारेज गरिदिएको थियो ।

सिटीले सामुहिक लगानी कोषलाई प्रायोजकले गरेको योगदानको रुपमा हिसाब देखाएको आरोप लागेको थियो । “मलाई स्थिता र स्पष्टता मनपर्छ, शंका होइन । त्यही एउटा कुराले मेरो दिमाग खलबलाउछ । भार (भिडिायो असिस्टेन्ट रेफ्री) जस्तै एफएफपीलाई लिएर मेरो धारणा कहिल्यै परिवर्तन हुदैन,” माउरिन्होले भने ।

लगातार एफएफपी नियम मिचेको आरोप लाग्दै आएको सिटी पैसाको दममा बचिरहेको आरोप लाग्दै आएको छ । कतिले युएफाको सिटी जस्तो क्लबसामु केही नचल्ने पनि बताउदै आएका छन् । सिटी व्यवस्थापक पेप ग्वार्डियोला पहिलो देखि सिटीको नयाँ प्रतिबन्ध हट्नेमा बिश्वस्त रहदै आएका थिए ।

“केही बर्ष अघि मैले (भारकोे) अवधारण मन पर्यो भन्दा मलाई साच्चिकै मन परेको थियो । मलाई यसको व्याख्या मन नपरेको हो, उपकरण नियन्त्रण्मा लिएर निर्णयमा प्रभाव जमाउन सक्नेहरु मन नपरेको हो । एफएफपी पनि त्यही नै हो । मलाई यसको आधारभुत सिद्धान्त नै मन परेको छैन । यहा सर्कस भइरहेको छ र मलाई त्यो मन परिरहेको छैन,” मिडियमा सधै बोल्ड रुपमा प्रस्तुत हुने माउरिन्होले भने ।

सिएएसको निर्णयले सिटी अर्को बर्षदेखि युरोपमा खेल्न पाउने भएको त छ नै, सँग–सँगै यो सिजन पनि पेप ग्वार्डियोलाको क्लब प्रतिबन्धमा परेर पाचौं स्थान सम्म ओगटेर च्याम्पियन्स लिग खेल्ने आशामा रहेका अन्य क्लबहरुलाई पनि नराम्रो झड्का लाग्न पुगेको छ ।

जारी सिजनमा सिटीको दोश्रो स्थान पक्का रहेको छ भने चेल्सी तेश्रो, लेस्टर सिटी चौथो र म्यानचेस्टर युनाइटेड पाचौं स्थानमा रहेका छन् । यो सिजन तीन खेल खेल्न बाकी रहेको अवस्थामा माउरिन्होको टोली भने पाचौं स्थानबाट समेत ७ अंक पर रहेको छ ।

Click to comment

Trending