Headline

रोनाल्डोको सल्लाहपछि ब्रुनो फर्नान्डेज म्यानचेस्टर युनाइटेडमा

Published

on

म्यानचेस्टर युनाइटेडका व्यवस्थापक ओले गुनर सोल्सायरले आफुले ब्रुनो फर्नान्डेजलाई क्लबमा भित्र्याउनु अघि पोर्चुगिज सुपरस्टार क्रिष्चियानो रोनाल्डोसँग राय मागेको स्विकारेका छन् ।

४७ मिलियन पाउण्डमा ओल्ड ट्राफोर्ड ल्याउनुअघि सोल्सायरले आफ्ना पुराना साथी रोनाल्डोलाई फर्नान्डेजको बारे उनको विचार राख्न अनुरोध गरेका थिए । फर्नान्डेजको आगमनसँगै युनाइटेडले च्याम्पियन्स लिगको स्थानका लागि प्रतिस्पर्धा गर्दै आएको छ ।

कोरोना भाईरसका कारण स्थगित भएको फुटबल फर्किए देखी ६ खेलमा फर्नान्डेजले ५ गोल गरी सकेका छन् । “ब्रुनोलाई भित्र्याउने बेला मलाई उसको राष्ट्रिय टोली को कोही एकसँग कुरा गर्नु थियो र मैले रोनाल्डोसँग राय मागेको थिए,” सोल्सायरले भने ।

२५ बर्षिय फर्नान्डेज कप्तान ह्यारी मग्वायरसँगै टोलीलाई नेतृत्व गर्न सक्ने खेलाडीको रुपमा हेरिएको छ । उनलाई युनाइटेडले जनवरीमा भित्र्याए देखि निकै पूर्ण खेल प्रदर्शन गर्दै आएको छ भने अहिले प्रिमियर लिगमा पाचौँ स्थानमा रहेको छ ।

“ब्रुनो आएपछि उनले पारेको प्रभाव देख्न सकिन्छ । उनी एक नेतृत्व गर्न सक्ने खेलाडी हुन् किनभने खेलाडीहरू उनलाई पछ्याउदै खेल जित्ने गर्छन् । उनको खेल देखेर सबै खेलाडी प्रभावित भएका छन् । उनी एक प्रतिभाशाली खेलाडी हुन् । मिडफल्डमा उनले चाहिए भन्दा बढी काम गर्दै आइरहेका छन्,” चाहे त्यो पास होस् या क्रस । अझ उनको पेनाल्टी प्राहार गर्ने क्षमता निकै आकर्षक छ ।

फर्नान्डेजलाई जनवरी ट्रान्सफर विन्डोमा भित्र्याउनु अघि आठौं स्थानमा रहेको युनाइटेड अहिले ५९ अंक सहित पाचौं स्थानमा रहेको छ । सोमबारको खेलमा साउथ्याम्प्टनसँग बराबरी खेलेपछि युनाइटेडले तेश्रो स्थानमा जाने मौका गुमाएको थियो ।

Click to comment

Trending