Headline

बिवादास्पद क्रोएशियन गित गाएका कारण नोयर अप्ठ्यारोमा

Published

on

जर्मनी राष्ट्रिय फुटबल टिम र बायर्न म्युनिखका कप्तान मानुएल नोयरले बिवादास्पद क्रोएशियन गित गाएको भिडियो सार्वजनिक भएपछि उनी अप्ठ्यारोमा परेका छन् ।

बिदा मनाउनका लागि हाल क्रोएशियामा रहेका नोयरले उनका गोलकिपिङ्ग प्रशिक्षक टोनी टापालोभिचसँगै अन्य केही व्यक्तिहरुसँग बिवादास्पद गित लिएपा लि सी (तिमी राम्री छौं) गाएको भिडियो सार्वजनिक भएको थियो । उक्त गितमा क्रोएशियन राष्ट्रवादीहरुले १९९० मा दाबी गरेको बोस्नीया हर्जगोभिनाको एक क्षेत्रलाई समेटेको छ ।

जर्मनीमा जन्मिएका टापालोभिच क्रोएशियन मुलका हुन् भने उनका भाई फिलिपले क्रोएशियन राष्ट्रिय फुटबल टोलीका लागि तीन खेल पनि खेलेका थिए । नोयरलाई उक्त गितको बोलको बारे ज्ञान भए–नभएको भने कसैलाई जानकारी छैन । उनका व्यक्तिगत व्यवस्थापकले बिल्ड पत्रिकालाई नोयर क्रोएशियन बोल्न नसक्ने बताएका भने छन् ।

बाल्कन राष्ट्र क्रोएशियामा निकै प्रख्यात रहेको लिएपा लि सी क्रोएसियाको अनौपचारिक फुटबल एन्थम हो । गितको शब्दमा प्रयोग भएको हर्सेग–बोस्ना बोस्निया हर्जगोभिनाको एक क्षेत्र हो जसलाई बोस्निय क्रोएटहरुले १९९० को बाल्कन युद्धताका दाबी गरेका थिए । बोस्नियन क्रोएटहरुलाई क्रोएशियाको सरकारले बाल्कन युद्धका समयमा समर्थन गर्दै आएको थियो ।

क्रोएशियन राष्ट्रवादी लोक गित रचनाकार मार्को पेर्कोभिचले १९९८ मा उक्त गित लेखेयता उनको प्रदर्शनलाई थुप्रै युरोपियन देशहरुमा प्रतिबन्ध लगाउदै आइएको छ ।

Click to comment

Trending