Headline

जाहामाथि रङभेदी टिप्पणी गरेको आरोपमा १२ बर्षिय बालक पक्राउ

Published

on

क्रिष्टल प्यालेसका विङर विलफ्राइड जाहालाई सामाजिक सञ्जालमा रङभेदी सन्देश पठाएको आरोपमा बेलायत प्रहरीले अनुसन्धान गर्दै एक १२ बर्षे बालकलाई पक्राउ गरेको छ ।

जाहाले क्रिष्टल प्यालेस एस्टन भिलासँग खेल्नु अघि उनलाई समाजिक सञ्जालमा थुप्रै रङभेदी सन्देशहरु आएको पनि बताएका छन्। क्रिष्टल प्यालेसका व्यवस्थापक रोय हड्सनले पनि रङभेदको बिषयमा बोल्दै रङ्भेद गर्नेहरुलाई डरपोक र घृणितको संज्ञा दिएका छन् ।

इङ्गलिस प्रिमियर लिगले पनि विज्ञप्ति निकाल्दै २७ बर्षिय आइभोरी कोस्टका विङरलाई भएको रङ्भेद पूर्ण अस्वीकार्य भएको जनाएको छ । वेस्ट मिडल्याण्ड्स पुलिसले जाहाको बारे ट्विट गर्दै उनलाई रङ्भेद गर्ने व्यक्तिलाई खोजी गर्दै गरेको बताएको थियो । र केही घण्टा पनि नबित्दै मिडल्यान्ड्स पुलिसले पक्राउ गरिसकेको थियो ।

“हामीलाई एक फुटबलरलाई श्रृंखलावद्ध रुपमा पठाइएको रङभेदी सन्देशहरुको बारे जानकारी गराइएको थियो र अनुसन्धान गर्दै जादा हामीले १२ बर्षिय बलाकलाई पक्राउ गरेका छौं,” मिड्ल्याण्ड्स पुलिसले ट्विट गर्दै खुलाएको छ । “जसले यो मुद्दा उठाउनु भयो हामी सबैलाई धन्यवाद भन्न चाहन्छौं । रङ्गभेद सह्य हुने छैन ।”

हड्सनले यसमा शन्य सहिष्णुता अपनाइने बताएका छन् । “ब्ल्याक लाइभ्स म्याटरको आन्दोलन चर्किरहेको समयमा कुनै मनिसले गरेको यो व्यवहार असहनीय छ । यो धेरै दुःखको कुरा हो कि खेलको दिनमा एक खेलाडीले यस्तो घृणित व्यवहार भोगेका छन् । जाहाले यसको बारेमा सचेत गराएको छ र मलाई लाग्दैन यसको बारे तपाई चुप लाग्नु पर्छ,” हड्सनले भने ।

प्रिमियर लिगका अधिकांश क्लबहरुले ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनको साथ दिदै खेलअघि घुंडा टेक्दै यसका समर्थनमा ऐक्यबद्दता जनाउन अनुमति दिदै आएको छ र क्लबहरुले यस अनुरुप गरेका पनि छन् ।

Click to comment

Trending