Headline

प्रतिबन्ध हटेपछि म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग खेल्न पाउने भयो

Published

on

म्यान्चेस्टर सिटीलाई लागेको दुई बर्षे च्याम्पियन्स लिग प्रतिबन्धलाई कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्ट्स (सिएएस) ले उल्टाइ दिएको छ।

सोमबार भएको सुनुवाईमा म्यानचेस्टर सिटीलाई लागेको यूएएफएको ‘मनी ब्रिचिङ रुल’ को आरोपलाई फुकाउदै (सिएएस) ले सिटीको दुई बर्षे प्रतिबन्ध फुकुवा गरेको हो।प्रतिबन्ध फुकुवा भए पनि सिटीले युएफालाई ३० मिलियन युरोको जरिवाना भने तिर्नु पर्ने छ। पेप ग्वार्डियोलाले पनि प्रतिबन्ध फुकुवा हुनेमा बिश्वस्त रहेको बताएका थिए।

सिटीले यस सिजन भने कोरोना भाईर्सका कारण रोकिदै अगस्टमा पुन: सुचारु हुन लागेको च्याम्पियन्स लिगको दोस्रो लेगमा रियाल म्याड्रिडको समना गर्ने छ। सिटीले रियाल म्याड्रिसँग जित हात पार्ने हो भने गत साता मात्र युएफाले निकालेको ‘ड्र’ अनुसार जुभेन्टस र लियोन बिच हुने खेलको बिजेता सँग खेल्ने छ।

Click to comment

Trending