Headline

युनाइटेडको प्रिमियर लिगः आधा सिजन इतिहासकै खराब, त्यसपछि तेश्रो स्थानको मौका

Published

on

सिजनको शुरुवातमा निकै खस्कदो प्रदर्शन गर्दै १९९२–९३ यता कै सबैभन्दा खराब स्थितिमा रहेको म्यानचेस्टर युनाइटेडसँग अहिले एक्कासी इङ्गलिस प्रिमियर लिगमा तेश्रो स्थानमा प्रतियोगिता समाप्त गर्ने अवसर रहेको छ ।

२०१८–१९ सिजनमा झण्डै आधा प्रतियोगिता समाप्त हुँदा होजे माउरिन्होले शुरुवती १७ खेलमा मात्र ७ खेल जिताउन सकेपछि युनाइटेडले उनलाई बर्खास्त गर्दै आफ्नै क्लब लिजेण्ड ओले गुनर सोल्सायरलाई अन्तरिम व्यवस्थापक नियुक्त गरेको थियो । मात्र २१ खेल बाकी रहेको अवस्थामा सोल्सायरले काया पलट गर्न नसकेपनि युनाइटेडलाई छैटौं स्थानसम्म डोर्याउदा क्लब व्यवस्थापनले उनलाई दोहोर्याउने निर्णय गर्यो ।

तर २०१९–२० को सिजनमा माउरिन्होले भन्दा बढी खेल खेसिक्दा युनाइटेड त्यो निर्णयलाई लिएर आफै चुकचुकाइरहेको थियो । शुरुवाती २४ खेलमा ४० अंक पनि बटुल्न नसकेपछि सोल्सायर युनाइटेडको जागिरका लागि उपयुक्त नरहेको भन्दै समर्थकहरुले निकाल्नु पर्ने आवाज उठाउन थालेका थिए । यसको अर्को कारण थियो बर्नलीसँग ५६ बर्षमा ओल्ड ट्राफोर्डमै युनाइटेडले बेहोरेको पहिलो हार ।

सोल्सायरमात्र नभएर समर्थकहरुले ‘स्ट्याण्ड अप इफ यु हेट ग्लेजर्स’ (तिमी ग्लेजर्सलाई घृणा गर्छौै भने सहमति जनाउ) भन्दै युनाइटेडको स्वामित्वमा रहेको कम्पनी बिरुद्ध नै चर्को नाराबाजी गरेका थिए । तर १० खेल यता आइपुग्दा युनाइटेड समर्थकहरुले अघिल्लो सिजन चाहेको काया पलट यो सिजन भएको छ ।

आइतबार १० खेलाडीमा सिमिति लेस्टर बर्नमाउथसँग पराजित भएपछि तेश्रो स्थानमा जाने मौका त गुमाएको छ नै यसले युनाइटेडलाई भने निकै सहज बनाइदिएको छ

२४ खेलमा ३४ अंक मात्र बटुल्दै इतिहासकै खराब प्रदर्शन गरेको युनाइटेडको अहिले ५८ अंक भएको छ । युनाइटेडसँग अहिले प्रिमियर लिगको तेश्रो स्थानमा उक्लदै च्याम्पिन्स लिगमा छनोट हुने सहज अवस्था त छ नै अर्को सिजन उपाधिकै लागि चुनौति दिने आत्मबिश्वास पनि क्लबले उत्तिकै बटुलेको छ ।

यसमा युनाइटेडले आफै देखाउदै आएको उत्कृष्ट प्रदर्शन त छ नै सँगै तेश्रो स्थानको दाबेदारीमा रहेका चेल्सी र लेस्टरको पछिल्लो पराजयले पनि महत्वपूर्ण भुमिका पनि खेलेको छ । पाचौं स्थानमा रहेको युनाइटेड अहिले तेश्रोमा रहेको चेल्सी भन्दा दुई र लेस्टरभन्दा एक अंकले मात्र पछि परेको छ ।

तेश्रो स्थानको लागि प्रतिस्पर्धा निकै तिब्र बन्दै गर्दा चेल्सी सेफिल्ड युनाइटेडसँग ३–० ले स्तब्ध भएको थियो भने लेस्टर आइतबारको खेलमा रेलिगेसन जोनमा रहेको बर्नमाउथसँग ४–१ को फराकिलो अन्तरले हार्न पुग्यो । बर्नमाउथले आफ्ना समर्थकहरुलाई केही राहत त दिएको छ नै सँगै युनाइटेड समर्थकहरुलाई पनि यो सिजन शिर उचालेर सिजन सक्काउने स्थिति सृजना गरिदिएको छ ।

युनाइटेडले सोमबारको खेलमा साउथ्याम्प्टनसँग खेल्न गइरहेको छ र जित हात पारेको खण्डमा तीन खेल बाकी रहदा ६१ अंकका साथ तेश्रो स्थानमा उक्लने छ । लेस्टरसँगै सिजनको अन्तिम खेल खेल्न गइरहेको युनाइटेडका लागि अब तेश्रो स्थानमै कायम रहनका लागि अरुको प्रदर्शनमा भर पर्नु नपर्ने भएको छ ।

युनाइटेड तेश्रो स्थानमा रहनु प्रिमियर लिगकै लागि अर्को महत्व पनि छ । यो सिजन एकलौटि रुपमा लिभरपुलले उपाधि जितेपनि अर्को सिजन प्रिमियिर लिगको उपाधिको दाबेदारीमा धेरै क्लबको दाबेदारी पनि हुने पक्का छ । डिफेन्डिङ्ग च्याम्पियनको हैसियले लिभरपुल पहिलो प्रमुख दाबेदार त हुने छ नै दोश्रो स्थानको म्यानचेस्टर सिटी र चेल्सी पनि यो दाबेदारीतामा अगाडी रहनेछन् ।

Click to comment

Trending