Headline

इङ्गल्याण्ड वेष्ट इण्डिजसँग चार विकेटले पराजित

Published

on

जर्माइन ब्ल्याकउडले शान्दार इनिङ्गस खेलेपछि वेष्ट इण्डिजले इङ्गल्याण्डलाई पहिलो टेस्टमा चार विकेटले हराएको छ ।

साउथ्याप्टनको रोज बाउलमा अन्तिम दिन जितका लागि २ सय रनको सामान्य लक्ष्य पछ्याउने क्रममा वेष्ट इण्डिजले ६ विकेटको क्षतिमा जित जित हात पार्यो । वेष्ट इण्डिजले २७ रनमै तीन विकेट गुमाउनुका साथै ओपनर जोन क्याम्पबेललाई गुमाएपछि कमजोर स्थितिमा पुगको थियो ।

ब्ल्याकउडले त्यसपछि वेष्ट इण्डिजको पारी सम्हालेका थिए । उनले रोस्तोन चेजसँग चौथो विकेटका लागि ७३ रनको साझेदारी गरे भने सेन डाउरिचसँग पाचौं विकेटका लागि ६८ रन जोडेका थिए । चेजले ८८ बलमा ३७ र डाउरिचले ३७ बलमा २० रनको योगदान दिए ।

कप्तान बेन स्टोक्सको बलमा आउट हुनुअघि ब्ल्याकउडले ९५ रन बनाएका थिए । १ सय ५४ रनको म्याराथन इनिङ्गस खेल्ने क्रममा ब्ल्याकउडले १२ चौका प्रहार गरे । उनी आउट हुदा वेष्ट इण्डिजलाई मात्र ११ रनको आवश्यकता रहेको थियो । इङ्गल्याण्डका लागि जोफ्रा आर्चरले तीन र स्टोक्सले दुई विकेट लिएका थिए ।

यसअघि २८४ रनमा ८ विकेटको स्थितिबाट खेल्न थालेको इङ्गल्याण्डले २९ रन जोड्दै बाकी दुई विकेट गुमाएको थियो । चौथो दिन २ सय ४९ रनमा तीन विकेटमात्र गुमाई बलियो अवस्थामा रहेको घरेलु टोलीले ३० रनमा पाँच विकेट गुमाएपछि वेष्ट इण्डिजले खेलमा पकड जमाएको थियो ।

इङ्गल्याण्डका लागि जाक क्रलीले ७६ र डोम सिब्लीेले ५० रन बनाए भने कप्तान बेन स्टोक्सले ४६ रन जोडेका थिए । अन्तिम दिन दुई विकेटमा २९ रन जोड्ने क्रममा आर्चरले २३ रनको योगदान दिएका थिए । वेष्ट इण्डिजका लागि सानोन ग्याब्रियलले पाँच विकेट लिए भने अल्जारी जोसफ र चेजले दुई–दुई ब्याट्स्म्यानलाई आउट पारेका थिए ।

यो टेस्टको पहिलो इनिङ्गसमा इङ्गल्याण्डले २ सय ४ रन बनाएको थियो भने वेष्ट इण्डिजले क्रेग ब्राथ्वेट र डाउरिचको अद्र्धशतकको सहयोगमा ६१ रन बनाएका थिए ।

Click to comment

Trending