Headline

वेष्ट इण्डिजलाई पहिलो टेस्टमा जितका लागि २ सय रनको लक्ष्य

Published

on

इङ्गल्याण्डले वेष्ट इण्डिजलाई पहिलो टेस्टमा जितका लागि २ सय रनको लक्ष्य दिएको छ ।

साउथ्याम्प्टनको रोज बाउलमा आफ्नो दोश्रो इनिङ्गसमा ३ सय १३ रनमा अल आउट भएपछि पाहुना टोलीले सामान्य लक्ष्य पाएको हो । २८४ रनमा ८ विकेटको स्थितिबाट खेल्न थालेको इङ्गल्याण्डले २९ रन जोड्दै बाकी दुई विकेट गुमाएको थियो ।

चौथो दिन २ सय ४९ रनमा तीन विकेटमात्र गुमाई बलियो अवस्थामा रहेको घरेलु टोलीले ३० रनमा पाँच विकेट गुमाएपछि वेष्ट इण्डिजले खेलमा पकड जमाएको थियो । इङ्गल्याण्डका लागि जाक क्रलीले ७६ र डोम सिब्लीेले ५० रन बनाए भने कप्तान बेन स्टोक्सले ४६ रन जोडेका थिए ।

अन्तिम दिन दुई विकेटमा २९ रन जोड्ने क्रममा जोफ्रा आर्चरले २३ रनको योगदान दिएका थिए । वेष्ट इण्डिजका लागि सानोन ग्याब्रियलले पाँच विकेट लिए भने अल्जारी जोसफ र रोस्तोन चेजले दुई–दुई ब्याट्स्म्यानलाई आउट पारेका थिए ।

यो टेस्टको पहिलो इनिङ्गसमा इङ्गल्याण्डले २ सय ४ रन बनाएको थियो भने वेष्ट इण्डिजले क्रेग ब्राथ्वेट र शेन डाउरिचको अद्र्धशतकको सहयोगमा ६१ रन बनाएका थिए ।

Click to comment

Trending