Headline

हुने भयो क्यारेबियन प्रिमियर लिग

Published

on

स्थानीय सरकारले अनुमति दिएपछि क्यारेबियन प्रिमियर लिग अगष्ट १८ देखि सेप्टेम्बर १० सम्म सञ्चालन हुने भएको छ ।

आयोजकले यसअघि नै खेलाडीहरुको ड्राफ्ट गरिसके पनि कोरोना भाइरसको संक्रमणका कारण प्रतियोगिता हुने नहुने बिषयमा टुँगो लागिसकेको थिएन । संक्रमण नियन्त्रणका लागि सम्पूर्ण प्रतियोगिता ट्रिनिडाड एण्ड टोबागोमा मात्र गर्ने निर्णय लिइएपछि स्थानिय सरकारले शुनिबार स्विकृति प्रदान गरेको थियो ।

इङ्गल्याण्ड र वेष्ट इण्डिजबीचको टेस्ट श्रृंखलासँगै अन्तर्राष्ट्रिय क्रिकेट सुचारु भइसकेपनि सिपिएल कोभिड–१९ पछि शुरु हुने पहिलो व्यवसायिक ट्वान्टी ट्वान्टी लिग हुने भएको छ । सम्पूर्ण प्रतियोगिताहरु खाली रँगशालामै गराइने छ । प्रतियोगिताका लागि ट्रिनिडाड एण्ड टोबागो भ्रमण गर्नेहरुका लागि कडा सवाधानी अपनाइने आयोजकले जनाएको छ ।

सम्पूर्ण सहभागी टोली र अफिसियलहरुलाई एउटै होटलमा राखिने छ भने पहिलो दुई साताका लागि सबैलाई कडा क्वारेन्टिन प्रोटोकोलका साथ राखिने भएको छ । बिदेशबाट आउने सबैले आफ्नो देशबाटै कोभिड–१९ को परिक्षण गर्नुपर्नेछ भने ट्रिनिडाडमा आइपुगिसके पछि पनि अर्को चरणको परिक्षण गरिनेछ, सिपिएलले एक बिज्ञप्तिमा भनेको छ ।

क्यारेबियन क्षेत्र कोरोना भाइरसले सबैभन्दा कम प्रभावित मध्ये रहेको छ । ट्रिनिडाड एण्ड टोबागोमा मात्रै १ सय २२ संक्रमित रहेका छन् ।

Click to comment

Trending