Headline

‘टप फोर’ र रेलिगेसन टार्ने संघर्षः प्रिमियर लिगमा के छ स्थिति ?

Published

on

लिभरपुलले उपाधि आफ्नो नाम गरिसके पनि इङ्गलिस प्रिमियर लिगमा चार चरणको खेलमात्र बाकी रहदा पनि प्रतिस्पर्धा अझै तिब्र नै छ । युएफा च्याम्पियन्स लिगको लागि अझै पनि भिडन्त उस्तै छ भने थुप्रै टिमहरु युरोपा लिगमा छनोट हुने समिकरणमा कायमै रहेका छन् । अंक तालिकाको पुछारमा रेलिगसेनबाट बच्नको लागि जारी संघर्ष अन्तिम दिनसम्म जाने पनि स्पष्ट देखिन्छ । प्रिमियर लिगको अन्तिम सप्ताहका खेलहरु शुरु हुनुअघि के छ त टिमहरुको स्थिति ?

टफ फोर र युरोपा लिगको दौड

म्यानचेस्ट सिटीले दोश्रो स्थान लगभग पक्का गरिसकेको त छ तर युएफाले दुई बर्षका लागि युरोपमा खेल्न लगाएको प्रतिबन्धबिरुद्धको अपिलबारे सोमबार मात्रै निर्णय आउने हुदा उनीहरु च्याम्पियन्स लिगमा रहने वा पाचौं स्थानको टोली छनोट हुने हेर्न कुर्नु पर्ने हुन्छ ।

तेश्रो र चौथो स्थानमा केन्द्रित हुने हो भने चेल्सीको पलडा भारी भएपनि उ म्याचेस्टर युनाइटेड भन्दा मात्रै दुई स्थानले माथि रहेको छ । एक अंक कम रहेको लेस्टर सिटी चौथो स्थानमा छ । लेस्टरले कोरोना भाइरसपछि लिग सुचारु हुँदा केही लय गुमाउन थालेको हो भने लयमा फर्किएको युनाइटेड टप फोर कै दाबेदारीमा देखिएको छ ।

पाचौं स्थान नै च्याम्पियन्स लिग छनोट हुने आधार बनेको खण्डमा उल्भ्स, सेफिल्ड युनाइटेड, आर्सनल र टोटेन्ह्याम युनाइटेड, लेस्टर र चेल्सीमध्ये एकलाई पछि पार्दै त्यसको दाबेदारीमा कायम रहनेछन् । अहिलेको स्थितिमा युनाइटेड तेश्रो, चेल्सी चौथो र लेस्टर पाचौं स्थानमा रहने देखिन्छ । लेस्टर र युनाइटेडबीच सिजनको अन्तिम लिग खेल नै सबै समिकरण पुरा गर्नेछ ।

म्यानचेस्टर सिटीको प्रतिबन्ध कायमै रहने हो भने छैटौं र सातौंसँगै आठौं स्थान पनि युरोपा लिग छनोटका लागि महत्वपूर्ण रहनेछ । सिटीले लिग कप जित्नुका साथै एफए कप सेमिफाइनलिस्टहरु (आर्सनल, म्यान सिटी, युनाइटेड र चेल्सी) लिगमा आ–आफ्नो स्थानका कारण युरोपमा खेल्ने लगभग पक्का पक्की छ । एभर्र्टन र साउथ्याम्प्टनको आठौं स्थानसम्म उक्लने सम्भावना निकै न्युन छ । यस्तोमा बर्नलीले आफ्नो फर्म जारी राख्ने हो भने पनि युरोपा लिग खेल्न सक्नेछ । बर्नलीले आफ्नो अन्तिम चार खेलहरुमा लिभरपुल, उल्भ्स, नर्विच र ब्राइटनको सामना गर्नेछ ।

रेलिगेसनबाट बच्ने संघर्ष

अंक तालिको पुछारमा रहेका टिमहरु बर्नमाउथ, एस्टन भिल्ला र नर्विचले लिग सुचारु भएपछि खेल जित्न नसकेकाले बिस्तारै रेलिगेट हुने टोली स्पष्ट हुदैछ । वेष्ट ह्याम र वाट्फोर्डले पछिल्लो समय केही ठूला जित हात पारेकोे यो अझै स्पष्ट बन्न थालेको छ ।

लिग सुचारु भएपछि आकर्षक प्रदर्शन गरेको ब्राइटन ३६ अंकका साथ लगभग सुरक्षित छ भने लगातार पाँच खेल हारेको नर्विच च्याम्पियनसिपमा झर्ने निश्चितप्राय देखिन्छ । अब अन्तिम चरणहरुमा आइपुग्दा दुई या तीन जितले मात्रै बर्नमाउथ र एस्टन भिल्लालाई झर्नबाट बचाउन सक्छ ।

बर्नमाउथको २८ र एस्टन भिल्लाको २७ अंक रहेको छ । उनीहरुले रेलिगेसन जोगाउनका लागि वेष्ट ह्याम र वाट्फोर्ड पनि हार्न जरुरी छ । दुवै टोलीको समान ३१ अंक रहेको छ । तर दुवै टोलीका लागि अन्तिम चार खेलहरु कठिन रहेका छन् । बर्नमाउथले लेस्टर, सिटी, साउथ्याम्प्टन र एभर्टनसँग खेल्नेछ भने भिल्लाले क्रिष्टल प्यालेस, एभर्टन, आर्सनल र वेष्ट ह्यामसँग खेल्न बाकी रहेको छ ।

अन्तिम खेलमा वेष्ट ह्यामको सामना गर्ने भिल्लाले अन्तिम दिनसम्म आफ्नो आशालाई कायमै राख्न चाहन्छ ।

Click to comment

Trending