Headline

रियललाई ला लिगा उपाथिका लागि एक जित दुई बराबरी पर्याप्त

Published

on

आलाभेसलाई २–० ले पराजित गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको उपाधि नजिक पुगको छ ।

खेलको शुरुवात नै अग्रता लिएको रियलका लागि करिम बेन्जेमाले पेनाल्टीमार्फत गोल गरेका थियो । फल्र्याण्ड मेन्डीलाई जिमो नाभारोले लडाएपछि रियलले पेनाल्टी पाएको थियो । बेन्जेमाकै पासमा मार्को एसेन्सियोले गोल गर्दै रियलको जित सुरक्षित गरेका थिए ।

शुरुवातमा अफसाइड दिइए पनि भिडियो असिस्टेन्ट रेफ्रिले त्यसलाई बैधानिकता दिएका थिए । जितपछि रियलले दोश्रो स्थानको बार्सिलोनामाथि चार अंकको अग्रता कायमैै राखेको छ । बार्सा अर्को खेलमा रियल भालाडोलिडसँग पराजित भए रियलले सोमबार ग्रानडालाई हराए मात्रै पनि उपाधि जित्ने छ ।

रियलले चाहिए अनुरुपको नतिजा निकाल्न सके उसले ८ बर्षमा दोश्रो उपाधि जित्ने छ । २०१६–१७ को सिजन अघि रियलले २०११–१२ को सिजनमा लिगको उपाधि जितेको थियो ।

बार्साले आफ्नो बाकी खेलहरु जितेपनि रियललाई एक जित र दुई बराबरी पनि पर्याप्त हुनेछ । रेलिगेसन जोनभन्दा एक स्थानमात्रै माथि रहेको आलाभेसलाई अझै पनि दोश्रो श्रेणीमा झर्ने डर भने कायम रहेको छ ।

तीन चरणका खेलहरु बाकी रहेको स्थितिमा आलभेसको ३५ अंक रहेको छ भने मायोर्का (३२), लेगानेस (२९) र इस्पान्योल (२४) रेलिगेसन जोनमा रहेका छन् । बार्सासँग १–० ले पराजित भएपछि इस्पान्योल रेलिगेट भइसकेको छ ।

Click to comment

Trending