Headline

नेपाली चेस खेलाडीहरुको डच ग्राण्ड मास्टरसँग भिडन्त

Published

on

नेपाली चेस खेलाडीहरुले बिश्व वरियतामा उत्कृष्ट १० औं स्थानमा रहेका खेलाडीसँग प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल बुद्धिचाल संघले साउन १ गते आयोजना गर्न गइरहेको अनलाईन प्रतियोगिता मार्पmत उनीहरुले माथिल्लो बरियताका खेलाडीहरुबिरुद्ध खेल्ने भएका हुन् ।

नेपाल च्याम्पियन पुरुषोत्तम चौंलागाई, पहिलो वरियताका विवेक लामा, फिडे मास्टर मनिष हमाल, महिला च्याम्पियन सुजना लोहनी लगायत टप रेटेड १५ जना, विभिन्न उमेर समुहका गरी १० र छैटौं राष्ट्रिय प्रतियोगिताका पाँच महिला खेलाडी सहित ३० खेलाडीहरुले सहभागिता जनाउने छन् ।

भर्चुवल प्रतियोगितामा नेपाली खेलाडीहरुले ग्राण्ड मास्टर अनिष गिरीसँग प्रतिस्पर्धा गर्न पाउनु भनेको नेपाली चेसका लागि यो प्रतियोगिता ठूलो उपलब्धी हो, नेपाल बुद्धिचाल संघले एक बिज्ञप्ति मार्फत भनेको छ ।

अनिषसँग प्रतिस्पर्धा गर्ने नेपाली खेलाडीहरु छनोट भइसकेको छ । खेल अनिसको युट्युब च्यानलमा लाइभ हेर्न सकिने छ ।

नेपाली मुलका अनिष नेदरल्याण्ड्सका स्थायी बासिन्दा हुन् । उनका बाबु संजय गिरी लामो समयदेखि नेदरल्याण्ड्मा बस्दै आएको र उनकी आमा रसियन हुन् । अनिष सन् २०१४ मा चौध वर्षकै उमेरमा नै ग्राण्ड मास्टर बन्न सफल भएका थिए ।

सन् २०१६ मा विश्व वरियतामा तेस्रो स्थान हासिल गरेका उनले २०२० मा अन्तर्राष्ट्रिय बुद्धिचाल संघले गरेको वरियतामा १० औं स्थानमा पुगेका छन् । उनले अन्तर्राष्ट्रिय चेसमा नेदरल्याण्ड्सकै प्रतिनिधित्व गर्ने गर्छन् ।

Click to comment

Trending