Headline

च्याम्पियन्स लिगको क्वार्टर फाइनल ड्र सार्वजनिक

Published

on

पहिलो लेगमा रियल म्याड्रिडमाथि प्राप्त अग्रतालाई बचाई राख्ने हो भने म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा फ्रेञ्च क्लब लियोन अथवा इटालियन च्याम्पियन युभेन्टसको सामना गर्ने भएको छ ।

जुरिचमा शुक्रबार भएको क्वार्टर फाइनल ड्रमा सिटी र रियलको प्रतिद्वन्दी निश्चित भएको हो । सिटीले रियललाई पहिलो लेगमा २–१ ले हराएको थियो । बायर्न म्युनिखसँग स्ट्यामफोर्ड ब्रिजमा ३–० ले पछि परेको चेल्सीले बार्सिलोना वा नापोलीको सामना गर्नेछ । तर त्यसअघि चेल्सीले अलायन्ज अरिनामा बायर्नको ठूले अग्रतालाई उल्टाउनु पर्नेछ ।

आ–आफ्नो दोश्रो लेगमा सोचे अनुरुप नतिजा निकाल्दै क्वार्टर फाइनलमा पनि जित हात पार्ने हो भने चेल्सी र सिटी सेमिफाइनलमा भिड्नेछन् । सिटी र जर्मन बुन्डेसलिगा च्याम्पियन च्याम्पियन्स लिगको प्रबल दाबेदारको रुपमा रहेका छन् ।

डिफेन्डिङ्ग च्याम्पियन र नयाँ प्रिमियर लिग बिजेता लिभरपुललाई नक आउट गरेको एट्लेटिको म्याड्रिडले अन्तिम ८ मा जर्मनीको आरबी लाइपजिगसँग खेल्नेछ । सबै प्रतियोगिता गरेर पछिल्लो ११ खेलमा जित हात पार्दै आएको इटालियन टोली एट्लान्टाले फ्रेञ्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्माइनको सामना गर्नेछ ।

कोरोना भाइरस महामारीका कारण फ्रान्समा फुटबल ठप्प भएसँगै लिग वान पनि रद्द भएका कारण पिएसजीले मार्च ११ देखि प्रतिस्पर्धात्मक फुटबल खेलेको छैन ।

कोरोनाकै कारण रोकिएको च्याम्पियन्स लिगका प्रि क्वार्टर फाइनलहरु अगष्ट ७ र ८ मा हुनेछ भने क्वार्टरफाइनल खेल अगष्ट १२ देखि १५ सम्म सञ्चालन हुनेछन् । अब सबै नकआउट चरणमा एक लेग मात्र हुनेछ । क्वार्टर फाइनलदेखि फाइनलसम्मका खेलहरु अगष्ट १२ देखि २३ सम्म पोर्चुगलमा हुनेछन् ।

Click to comment

Trending