Headline

बिश्वकप छनोटका लागि एन्फाले आर्मीको पुर्वाधार प्रयोग गर्ने

Published

on

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली सेनाको भद्रकालीस्थित फुटबल मैदानमा आवश्यक रहेको भौतिक पुर्वाधार निर्माण सम्पन्न भएपछि शुक्रबार हस्तान्तरण गरेको छ ।

नेपालमा हुने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि सेनाको मैदान प्रयोग गर्नका लागि एन्फा र सेनाले सहकार्य गर्दै आएको हो । एन्फाले भिभिआईपी प्याराफिट मुनि दुई वटा चेन्जिङ्ग रुम, खेलाडीहरुको व्यक्तिगत लकर, रेफ्रिका लागि चेन्जिङ्ग रुम र लकर रुपमा निर्माण गरेको थियो । यो बाहेक एन्फाले अन्य आवश्यक पुर्वधार पनि तयार गरेको नेपाली सेनाले जनाएको छ ।

यस क्रममा झण्डै १५ लाख रुपैया खर्च भएको छ । शुक्रर आर्मी मुख्यालयमा भएको एक कार्यक्रमकाबीच एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रधान सेनापती पूर्णचन्द्र थापालाई पुर्वाधार हस्तान्तरण गरेका थिए ।

एन्फाले मैदान तथा तयार भएका पुर्वधार नेपालले असोजमा आयोजना गर्न गइरहेको बिश्वकप र एसिया कपको संयुक्त छनोट खेलहरुका लागि प्रयोग गर्नेछ । नेपालले घरेलु मैदानमा अष्ट्रेलिया, चाइनिज ताइपेइ र जोर्डनबिरुद्ध दशरथ रँगशालामा खेलहरु खेल्न बाकी रहेको छ ।

कोरोना भाइरसका कारण स्थगित भएका ती खेलहरुका लागि एसियाली फुटबल महासंघले एक महिना अघि असोजका लागि नयाँ प्रस्तावित मिति तय गरेको थियो ।

Click to comment

Trending