Headline

इङ्गल्याण्ड वेष्ट इण्डिजबिरुद्ध पहिलो इनिङ्गसमा २ सय ४ मा समेटियो

Published

on

कोरोना भाइरसले रोकिएपछि सुचारु भएको अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो टेस्टको पहिलो इनिङ्गसमा इङ्गल्याण्ड वेष्ट इण्डिजबिरुद्ध २ सय ४ रनमै अल आउट हुन पुगेको छ ।

बुधबारको पहिलो दिनको अधिकांश समय बर्षाले प्रभावित बन्न पुगेपछि ३५ रनमा एक विकेटको स्थितिबाट अघि खेलेको इङ्गल्याण्डलाई सस्तैमा समेट्ने क्रममा जेसन होल्डरले ६ विकेट लिएका थिए । यो उनको इङ्गल्याण्डबिरुद्धको उत्कृष्ट प्रदर्शन थियो भने टेस्ट क्रिकेटमा उनले सातौं पटक पाँच विकेट वा त्यो भन्दा बढीको प्रदर्शन गरेका छन् ।

८७ रनमा पाँच विकेट गुमाएको घरेलु टोलीलाई कप्तान बेन स्टोक्स र जोस बटलरले सम्हाल्ने प्रयास गर्दै ६७ रनको साझेदारी गरेका थिए । होल्डरको बलमा आउट हुनुअघि ४३ रन बनाएका स्टोक्सले ९७ बलको सामना गर्दै ४३ रन बनाए । ६ चौका प्रहार गरेका बट्लरले ४७ बलमा ३५ रन बनाए । उनी पनि होल्डरकै शिकार भएका थिए ।

डम बेसले नटआउट ३१ रन बनाए । उनले ४४ बलको सामना गर्दै चार चौका प्रहार गरे । होल्डर बाहेक वेष्ट इण्डिजका लागि शानोन ग्याब्रियलले पनि चार विकेट लिएका थिए ।

Click to comment

Trending