Headline

१२ बल भन्दा कम खेल्दै म्यान अफ द म्याच हुनेहरु

Published

on

अन्तर्राष्ट्रिय क्रिकेटमा लामो इनिङ्गस खेल्नु निकै महत्वपूर्ण मान्ने गरिन्छ । यसले खेलाडीको धैर्यताको परिक्षणसँगै टिमको भाग्य पनि बदल्न सक्छ । तर निकै कम समय क्रिजमा बसेर पनि टिमलाई म्याच जिताउदै म्यान अफ द म्याच नै हात पार्ने खेलाडी भने निकै कम हुने गर्छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा सामान्यतय यो दुर्लभ उपलब्धि मान्ने गरिन्छ । आज हामी १२ बल भन्दा कम खेल्दै म्यान न अफ द म्याच बन्ने खेलाडीहरुको बिषयमा चर्चा गर्नेछौं ।

३. मोइन अलि, इङ्गल्याण्ड

मोइन अलि हाल इङ्गल्याण्ड टिमबाट बिस्तारै बाहिरिने क्रममा छन् । उनको प्रदर्शन कहिले निकै उत्कृष्ट रहने गर्छ भने कहिले लामो समय नै खराब फर्मबाट गुज्रिने गर्छन् । एकै लयमा खेल्न नसक्दा नै उनको स्थान इङ्गल्याण्ड टिममा धरापमा पर्दै आएको छ । तर २०२० को शुरुवतामै अलिले एक दुर्लभ खेल देखाउन सफल भए ।

फेब्रुवरी १४ मा दक्षिण अफ्रिकाबिरुद्धको खेलमा अलिले डर्बनमा तिब्र गतिमा ३९ रन बटुले । मात्र ११ बलको सामना गरेका उनको इनिङ्गसमा तीन चौका र चार बिशाल छक्का पनि समावेश थियो । बलिङ्गबाट पनि तीन ओभरमा ३६ रन खर्चिदै तीन विकेट लिएपछि उनी खेलको म्यान अफ द म्याच घोषित भएका थिए ।

२. जोस बट्लर, इङ्गल्याण्ड

दक्षिण अफ्रिकाबिरुद्ध नै एजबास्टनमा भएको ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा बटलरले उत्कृष्ट इनिङ्गस खेलेका थिए । खेलमा क्रेग काइजवेटरले अद्र्धशतक प्रहार गरेपनि म्यान अफ द म्याच भने बट्लर घोषित भएका थिए । बट्लरले १० बलमै ३२ रन प्रहार गरेपछि इङ्गल्याण्डले तीन म्याचको श्रृंखलामा १–१ को बराबरी गरेको थियो ।

२०१२ सेप्टेम्बरमा भएको खेलमा बट्लरले वेन पार्नेललाई एकै ओभरमा ३२ रन प्रहार गरेका थिए । उनको इनिङ्गसमा दुई चौका र दुई छक्का समावेश थियो ।

दिनेश कार्तिक (भारत)

भारतीय विकेटकिपर दिनेश कार्तिकले भारतका लागि सम्भवत सबैभन्दा उत्कृष्ट पारी खेलेको इनिङ्गस यही थियो । २०१८ मार्च १८ का दिन भारतले आफ्ना केही प्रमुख खेलाडीहरुलाई बिश्राम दिएको प्रतियोगिताको फाइनलमा बङ्गलादेशबिरुद्ध कार्तिक चम्किएका थिए ।

१ सय ६७ रनको लक्ष्यका लागि मैदानमा उत्रिएको भारतलाई अन्तिम तीन ओभरमा ३५ रनको आवश्यकता रहेको थियो । तर मुस्तफिजुरले १८ औं ओभरमा मेडन गरेपछि भारत पराजय उन्मुख भएको थियो । १९ औं ओभरमा आएका कार्तिकले रुबेल होसेनलाई पहिलो बलमै छक्का प्रहार गर्दै कुल २२ रन बटुलेका थिए । सौम्या सरकारले अन्तिम ओभरमा कसिलो बलिङ्ग गरेपनि कार्तिकालाई अन्तिम बलमा ६ रन चाहिदा छक्का नै प्रहार गरेपछि भारतले सनसनीपूर्ण जित हात पारेको थियो ।

मात्र ८ बलको सामना गरेका कार्तिकले तीन छक्का र दुई चौका प्रहार गर्दै २९ रनका साथ म्यान अफ द म्याच चुनिएका थिए ।

Click to comment

Trending