Headline

इतिहासमा आजः ब्राजिलको बिश्वकप बेइज्जती जुन अभिव्यक्ति बन्न पुग्यो

Published

on

आफ्नो घरमै जर्मनीसँग बिश्वकप सेमिफाइनलमा ७–१ ले ध्वस्त भएको ६ बर्षपछि ब्राजिलले फुटबल मैदानमा बेहोरेको अहिलेसम्मकै ठूलो अपमान जोक, अभिव्यक्ति र मिम सम्म पनि बनेको छ ।

उक्त कुख्यात गोल अन्तर अहिले कुनै पनि भौतिक वा लाक्षणिक पराजय वा झड्कालाई परिभाषित गर्न प्रयोग गर्दै आइएको छ । उत्कृष्ट जित र उपलब्धिहरुको मात्र बानी परेको ब्राजिलमा अहिले “उनीहरुले हामीलाई एक–सात दिए” अथवा “त्यो त एक–सात थियो” जस्ता अभिव्यक्ति सामान्य बोल–चालको भाषामै प्रवेश गरेको छ ।

जुलाई ८ कै दिन सिँगै देशले नै अपेक्षाका साथ हेरेको खेलमा ब्राजिलले बेल होरिजोन्टको मिनेरो स्टेडियममा जर्मनीको सामना गरिरहेको थियो । तर पाँच पटकको बिश्व बिजेता ब्राजिलले आफ्नो बिश्वकप इतिहासकै सबैभन्दा लज्जास्पद हारका साथै बिश्वकप बिजेता टोली भएर सबैभन्दा ठूलो अन्तरको पराजयको सामना गरेको थियो ।

सेमिफाइनलको स्कोर लाइनलाई मात्रै ब्राजिलमा सांस्कृतिक सन्दर्भ बनेको छैन । अहिले, कुनै पनि कुरा दोहोरिएर भएको घटनालाई ब्राजिलियनहरुले परिभाषित गर्दा “र अर्को जर्मन गोल” अथवा “के यो अर्को जर्मन गोल थियो ?” भन्ने गरेका छन् ।

बिश्वकपमा भएको त्यो अपमानसँगै आएका प्रतिकृया र ‘डार्क ह्युमर’ ब्राजिलियन फुटबलले सामना गरेका अन्य राष्ट्रिय आघातको तुलनामा निकै अन्तर छ । १९५० मा ब्राजिलले पहिलो पटक बिश्वकप आयोजना गर्दा निर्णायक खेलमा २–१ को पराजय बेहोरेपछि पुरै राष्ट्र शोकमा डुबेको थियो । उक्त घटना माराकान्जो – माराकाना स्टेडियममा बेहोरेको हारका कारण – सधैका लागि अमर हुन पुगेको थियो ।

तर २०१४ को हारपछि भने हजारौं मिम बनाइएको छ । ती मिमहरुको केन्द्रमा खेलका अभागी खलनायकहरु प्रशिक्षक लुईज फेलिपे स्कोलारी, सेन्टर ब्याक डेभिड लुइज, मिडफिल्डरहरु फर्नान्डिन्हो र ओस्कारसँगै फर्वार्ड हल्क र फ्रेड हुने गरेका छन् । टोनी त्रुसले दुई, थोमस मुलर, मिरोस्लाभ क्लोज र सामी खेदिराले १–१ गोल गरेसँगै जर्मनीले आधा घण्टा भित्रै खेल समाप्त गर्दिसकेको थियो ।

दोश्रो हाफमा आन्द्रे सुर्लले अर्को दुई गोल गरे भने ओस्कारले ९० औं मिनेटमा गोल गरेपनि त्यो सान्त्वना हुन सकेको थिएन । पाँच दिनपछि माराकानामै अर्जेन्टिनालाई १–० ले हराउदै जर्मनीले चौथो पटक बिश्वकप जितेको थियो ।

ब्राजिलको लज्जास्पद हारपछि सामाजिक सञ्जालमा भाइरल बनेका मिमहरु

ब्राजिलको पोस्टमा ७ गोल, बिश्वकपको लागो बन्नु पछाडीको कारण र क्राइष्ट द रिडिमरको उडान

बनाउने जर्मन गोलरक्षक मानुएल नोयोरको डाइ हार्ड फ्यान होलान्

धन्न नेमारले घाइते भएर त्यो खेल खेलेनन्

 

बिचरा पेले

 

कसैलाई रोनाल्डोको किर्तिमान मिरोस्लाभ क्लोजले भँग नगरुन् भन्ने मात्र थियो

 

क्राइष्ट द रिडिमरले हात फैलाएको बल्ल काम लाग्यो

 

चिसो भनेकै, सेभेन अप

Click to comment

Trending