Headline

लेस्टरको आर्सनलबिरुद्ध बराबरीले चेल्सी तेश्रो स्थानमा

Published

on

घरेलु मैदानमै १० खेलाडीमा सिमित आर्सनलबिरुद्ध जेमि भार्डीले गोल गरेपछि लेस्टर सिटी प्रिमियर लिगमा तेश्रो स्थानको चुनौतिमा कायमै रहेको छ ।

लेस्टरको जितले चेल्सीलाई भने प्रत्यक्ष फाइदा पुगेको छ । यसअघि मङ्गलबार नै भएको अर्को रोमाञ्चक खेलमा क्रिष्टल प्यालेसलाई ३–२ ले हराएपछि चेल्सी तेश्रो स्थानमा उक्लिएको थियो । ३४ खेल खेलेको चेल्सी दोश्रो स्थानको म्यानचेस्टर सिटीसँग ६ अंकको दुरीमा छ भने लेस्टरसँग मात्र एक अंकले अगाडी रहेको छ ।

निकै नै प्रतिस्पर्धात्मक रहेको तेश्रो स्थानको होडबाजीमा म्यानचेस्ट युनाइटेड (५५), उल्भरह्याम्प्टन (५२) र आर्सनल (५०) पनि कायमै रहेको छ । तर बराबरीपछि भने आर्सनलको आशा क्षीण बन्दै गएको छ । उपाधि जितिसकेको लिभरपुलको ८९ अंक रहेको छ ।

एमिरेट्समा पिएरे एमेरिक–औबामेयाङले गोल गर्दै आर्सनललाई २१ औं मिनेटमा अग्रता दिलाएका थिए । ७५ औं मिनेटमा एडवार्ड एनकेटाह् रेड कार्ड खादै मैदान बाहिरिएपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो । भार्डीले ८४ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

लामो समय गोलको खडेरीबाट गुज्रिएका भार्डीले पछिल्लो दुई खेलमा तीन गोल गरेका छन् भने मङ्गलबारको गोल व्यवस्थापक बे्रण्डान रोजर्सको लागि निकै महत्वपूर्ण रहेको थियो । भार्डीले प्रिमियर लिग इतिहासमा १ सय २ गोल गरिसकेका छन् ।

यसअघि ओलिभर जिरुड र क्रिष्चियन पुलिसिचले गोल गरेपछि चेल्सीले अवे खेलमा क्रिष्टर प्यालेसबिरुद्ध आधा घण्टा अगाडी नै दुई गोलको अग्रता लिएको थियो । विल्फेड जाहाले ३४ औं मिनेटमा गोल गर्दै प्यालेसलाई खेलमा फर्काएका थिए । ७१ औ मिनेटमा ट्यामी अब्राहमले गोल गर्दै चेल्सीको दुई गोलको अग्रता फर्काएका थिए ।

लगत्तै क्रिष्चियन बेन्टेकेले प्यालेसका लागि गोल फर्काएपनि अन्तिम आधा घण्टा चेल्सीले खेललाई रोक्न सफल भएको थियो । प्यालेस ४२ अंकका साथ १४ औं स्थानमा रहेको छ ।

वाट्फोर्डले भने नर्विच सिटीलाई २–१ ले हराउदै केही राहतको साँस फेरेको छ । च्याम्पियनसिपमा झर्ने खतरामा रहेको वाट्फोर्ड ३१ अंक सहित रेलिगेसन जोनको ठ्याक्कै एक स्थान माथि रहेको छ । वेष्ट ह्याम युनाइटेड गोल अन्तरको आधारमा १६ औं स्थानमा रहेको छ । वेष्ट ह्यामले एक खेल कम खेलेको छ ।

चार खेल बाकी रहेको अवस्थामा नर्विचले अब तीन खेलमा जित हात पारेपनि रेलिगेसन जोगाउन नसक्ने स्थितिमा पुगेको छ । नर्विचन २१ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ । ३३ खेल खेलेका एस्टन भिल्ला र बर्नमाउथको समान २७ अंक रहेको छ ।

Click to comment

Trending