Headline

लोरिस र सनबीचको झगडा साम्य

Published

on

इङ्गलिस प्रिमियर लिग अन्तर्गत सोमबार रातिको खेलमा आफ्नै टोटेन्ह्याम हटस्परस टिममेट सन हिउङ–मिनसँग झगडा गरेपछि गोलकिपर ह्युगो लोरिसले अहिले सबै साम्य भइसकेको बताएका छन् ।

एभर्टनलाई १–० ले पराजित गर्दा व्यवस्थापक होजे माउरिन्होले प्रिमियर लिगमा आफ्नो २ सयौं जित दर्ता गराएपनि खेल पहिलो हाफमा सन र लोरिसको झगडाले तनावग्रस्त बनेको थियो । मध्यान्तरमा सन टनेलबाट भित्र छिर्दै गर्दा लोरिसले उनीमाथि चिच्याउदै कुममा हातले धकेलेका थिए ।

सामान्यत शान्त स्वभावका सन निकै रिसाउदै लोरिससँग भिडेपछि दुई जनालाई ह्यारि विंक र मुसा सिसोकोले छुट्टाएका थिए । सनले मिडफिल्डमा एउटा लुज बललाई नियन्त्रणमा लिन नसकेपछि रिचार्लिसनले आक्रमण बुन्दा लोरिस क्रुद्ध भएका थिए । “हामीले दवाब बनाउन नसकिरहदा पहिलो हाफको अन्त्यतिर उनीहरुलाई मौका दिएपछि मलाई रिस उठेको थियो । तर यो फुटबल हो,” लोरिसले भने ।

खेलको समाप्तिपछि दुवै खेलाडीेले एक अर्कालाई अंकमाल गरेका थिए । स्पर्सले कोरोना भाइरसपछि प्रिमियर लिग सुचारु भएयता पहिलो जित हात पारेको थियो । “यो चेन्जिङ्ग रुमको कुरा मात्र हो । बाहिर हामी जे भन्न पनि सक्छौं । जे भयो त्यो फुटबलको एक हिस्सा थियो,” लोरिसले भने ।

“इमान्दारिता पुर्वक भन्नु पर्दा हामी खुशी हुन नसकेको स्थितिमा छौं भने हामीले झगडा गर्नुपर्छ, त्यसपछि हामी सबै एकै दिशामा जान सक्छौं । सबैभन्दा महत्वपूर्ण टिममा केन्द्रित हुनु नै हो । हामी टिमको रुपमा नै सफल हुन सक्छौं । अहिले कुनै समस्य छैन, खेल सकिएपछि त्यो स्पष्ट नै भएको थियो ।”

Click to comment

Trending