Headline

सन्दिप सीपीएलमा जमैकाबाट खेल्ने

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछाने क्यारेबियन प्रिमिएर लिग (सीपीएल) को सन् २०२० को सिजनमा जमैका तलवाजबाट खेल्ने भएका छन् ।

आज भएको ड्राफ्टमा जमैकाले सन्दिपलाई उनको न्युनतम मूल्य ९० हजार अमेरिकी डलर (करिब एक करोड सात लाख रुपैयाँ) मा आफ्नो टोलीमा अनुबन्ध गरेको हो ।

सन्दिपले गत संस्करणको सीपीएलमा बार्बाडोस ट्रिडेन्टसबाट तथा क्यारेबियन प्रिमिएर लिगमा पहिलो पटक सन् २०१८ मा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिवट्सबाट खेलिसकेका छन् ।

सन्दिपले सीपीएलको दुई संस्करणमा गरेर कुल ११ खेल खेल्दै १५ विकेट आफ्नो नाममा दर्ता गराएका छन् । आफ्नो पहिलो सिजन पाँच खेल खेल्दै सात विकेट हात परेका सन्दिपले दोश्रो सिजन छ खेल खेल्दै आठ विकेट आफ्नो नाममा दर्ता गराएका थिए ।

कोरोना भाइरसका कारण यस सिजनको सीपीएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एण्ड टोब्यागोमा बन्द रंगशाला भित्र खेलाउने आयोजकले प्रस्ताब गरेको छ । तर यसका लागि सरकारको स्वीकृति भने आउन बाँकी नै छ ।

Click to comment

Trending