Corona Virus

यो बर्ष नहुने भयो ट्वान्टी ट्वान्टी बिश्वकप

Published

on

आयोजक अष्ट्रेलिया आफैले यथार्थपरक नरहेको भनेपछि अक्टोबरका लागि तय भएको आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकप स्थगित हुने लगभग पक्का भएको छ । यसको औपचारिक घोषणा आउने शुक्रबार हुने अष्ट्रेलियन मिडियाले लेखेको छ ।

लामो समयदेखि ट्वान्टी ट्वान्टी बिश्वकप तोकिएकै मितिमा गर्ने अथवा नगर्ने बिषयमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले पर्ख र हेरको रणनीति अपनाउदै कुनै औपचारिक घोषणा गरिसकेको छैन ।

कोरोना भाइरसको संक्रमण बिश्वव्यापी रुपमा अझै कायमै रहदा कैयौं क्रिकेट बिज्ञहरुले बिश्वकप यो बर्ष गर्न नहुने भन्दै आएका छन् । यद्दपि अष्ट्रेलिया र न्युजिल्याण्डमा भने कोरोनाको प्रभाव निकै न्युन रहेको छ ।

अष्ट्रेलियन पत्रिका डेली टेलिग्राफले ट्वान्टी ट्वान्टी बिश्वकप यही शुक्रबार औपचारिक रुपमा नै स्थगित हुने उल्लेख गरेको छ । डेली टेलिग्राफको रिपोर्टले अष्ट्रेलिया २०२२ सम्म उक्त प्रतियोगिता गर्न नसक्ने र सेप्टेम्बरमा इङ्गल्याण्डबिरुद्ध हुने श्रृंखलामै केन्द्रित रहेको पनि बताएको छ ।

ट्वान्टी ट्वान्टी बिश्वकप नहुने भएपछि यसले भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) लाई भने इण्डियन प्रिमियर लिग आयोजना गर्ने आफ्नो योजना पुरा गर्ने मौका मिलेको छ । बिसिसिआईले अक्टोबरमै आईपिएलको आयोजन ागर्न गइरहेको र ट्वान्टी ट्वान्टी बिश्वकप स्थगनपछि राहतको साँस फेर्ने छ ।

भारतमा कोरोना भाइरसको संक्रमण नथामिएपछि आईपिएल भारतमै भने नहुने निश्चित छ । भारतले आईपिएलको आयोजनाको जिम्मेवारी युएई अथवा श्रीलंकालाई दिन सक्नेछ । दुवै देशमा कोरोना भाइरसको प्रभाव लगभग समाप्त भइसकेको छ । आईपिएलका लागि बिदेशी खेलाडीहरुको सहभागिता पनि अन्यौलमै रहेको छ ।

Click to comment

Trending