Trending

तुलाधर र राउत सहित चार खेल पत्रकार सम्मानित

Published

on

युवा तथा खेलकुद मन्त्रालयले सोमबार यो बर्षको खेलकुद पत्रकारिता पुरस्कारबाट बरिष्ठ खेलकुद पत्रकारद्वय ध्रव तुलाधर र रोशन सिँह राउतसहित चार खेल पत्रकारहरुलाई सम्मान गरेको छ ।

हाल कान्तिपुर दैनिकमा पत्रकारिता गर्दै आइरहेका तुलाधर यसअघि नागरिक दैनिक र नेपाल समाचारपत्रमा पनि कार्यरत रहेका थिए । उनी हाल नेपाल खेलकुद पत्रकार मञ्चका उपाध्यक्ष रहेका छन । अन्नपुर्ण पोस्टका खेलकुद ब्युरो प्रमुख सिँह हिमालय टाइम्स र राष्ट्रिय समाचार समितिमा काम गरिसकेका छन ।

यस्तै सम्मानित हुने अन्य खेल पत्रकारमा पोखराका केशव पाठक र नेपाल टेलिभिजनमा कार्यरत लक्ष्मी कार्की रहेकी छिन । पुरस्कार राशी ५० हजार रुपैयाको रहेको छ । मन्त्रालयले कार्यक्रमका दौरान युवा पत्रकारिता पुरस्कार पनि प्रदान गरेको थियो ।

युवातर्फ पुरस्कार पाउनेहरुमा खगेन्द्र अधिकारी, गिता चिमोरिया, गँगा खड्का, निरज न्यौपाने, रत्न कुमारी चौधरी र सुष्मा बराइली रहेका छन् । युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्मा (सुनार), सचिव रामप्रसाद थपलिया र सहसचिव मानबहादुर बिकले सम्मानित गरेका थिए ।

कार्यक्रमका दौरान मन्त्रालयले एन्टी डोपिङ एप्लिकेसन लञ्च गरेको थियो । एप्लिकेसन नेपाली खेलकुदका बिषयमा सम्पूर्ण डाटाहरु समावेश गरिनेछ ।

Click to comment

Trending