Headline

महानगरपालिकाले दियो ए डिभिजन क्लबहरुलाई १० लाख अनुदान

Published

on

काठमाडौं महानगरपालिकाले ए डिभिजन फुटबल क्लबहरुलाई दिदै आएको आर्थिक सहयोगलाई निरन्तरता दिएको छ ।

महानगरपालिकाले २०७५–७६ आर्थिक बर्ष अन्तर्गत ६ वटा क्लबहरुलाई ६० लाख अनुदान उपलब्ध गराएको छ । प्रत्येक ए डिभिजन क्लबहरुलाई १० लाख रुपैया प्रदान गरिएको थियो ।

अनुदान प्राप्त गर्नै क्लबहरुमा मच्छिन्द्र, मनाङ्ग मस्र्याङ्गदी, संकटा, न्युरोड टिम, हिमालयन शेर्पा र सरस्वती युवा क्लब रहेका छन् । सरस्वती अघिल्लो बर्षको लिगबाट रेलिगेट भएपनि उक्त आर्थिक बर्षकै सहयोग पाएको हो ।

महानगरपालिका बि र सि डिभिजनका क्लबहरुलाई पनि सहयोग गर्दै आएको छ । तर काठमाडौं महानगरपालिकाका मेयर बिद्दा सुन्दर शाक्यले अर्को आर्थिक बर्षमा दुवै बर्षको एक मुष्ठ रकम प्रदान गरिने जानकारी दिए ।

डिभिजन क्लबहरुलाई हामीले अघिल्लो बर्ष नै दिन चाहेका थियौं तर कोरोना भाइरस संक्रमण र बिभिन्न क्लबका आन्तरिक समस्यका कारण त्यो सम्भव हुन सकेको थिएन, शाक्यले काठमाडौंमा सोमबार सम्पन्न एक कार्यक्रममा बताए ।

Click to comment

Trending