Headline

‘पाकिस्तानले भारतलाई माफी नै माग्नु पर्ने गरि हराएको छ’

Published

on

पाकिस्तानका पुर्व कप्तान शाहीद अफ्रिदीले क्रिकेटमा आफ्नो पारम्परिक प्रतिद्वन्दी भारतबिरुद्धको डेड–टु–हेड परिणामलाई लिएर निकै बोल्ड टिप्पणी दिएका छन् ।

भारतबिरुद्ध पाकिस्तानको रेकर्ड यस्तो छ कि उनका समकक्षीहरुले म्याच सकिएपछि माफी नै माग्ने गरेको बताएका छन् । “मैले भारतबिरुद्ध खेल्दा जहिले पनि मजा उठाउने गर्थे । हामीले उनीहरुलाई निकै राम्ररी हराएका छौं । हामीले उनीहरुलाई यति धेरै हराएको छौं की म्याच सकिएपछि उनीहरुले हामीसँग माफी माग्ने गर्थे,” युट्युबमा दिइएको एक अन्तवार्तामा अफ्रिदीले भने ।

“अष्ट्रेलिया र भारतबिरुद्ध खेल्दा सधै निकै दवाब हुने गर्छ । उनीहरु ठूला र राम्रा टिम हुन् । उनीहरुकै कण्डिसनमा राम्रो प्रदर्शन गर्न सक्नु निकै ठूलो कुरा हो,” उनी भन्छन् । रोचक कुरा के छ भने अफ्रिदीले डेब्यु गरेदेखि उनले सन्यास लिएको समयसम्म भारतले पाकिस्तानसँग १५ टेस्ट, ८२ एकदिवसीय अन्तर्राष्टिय र ८ ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलेको थियो ।

यो दौरान भारतले ५१ र पाकिस्तानले ४७ खेलमा जित हात पारेका थिए । पाँच खेल बराबरीमा टुँगिएको थियो भने दुईमा परिणाम निस्किएको थिएन ।

सन् १९९९ को चेन्नई टेस्टमा बनाएको १ सय ४१ रन भारतबिरुद्धको उनको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनको रुपमा अफ्रिदीले लिने गरेका छन् । उक्त भ्रमणको लागि शुरुवातमा नछानिएका कारण नै अफ्रिदीलाई त्यो इनिङ्गस उत्कृष्ट लाग्ने गरेको पनि बताए ।

“म त्यो टुरका लागि छानिएकै थिइन तर वसिम भाई (तिब्र बलर तथा पुर्व कप्तान वसिम अक्रम) र मुख्य चयनकर्ताले मलाई त्यो समय निकै समर्थन गर्ने गर्दथे । त्यो निकै कठिन टुर थियो र मेरो लागि निकै महत्वपूर्ण पनि,” उनले भने ।

Click to comment

Trending