Headline

बोलोग्नासँग स्तब्ध भएपछि इन्टरलाई झड्का

Published

on

१० खेलाडीमा सिमित बोलोग्नासँग स्तब्ध हुदा इन्टर मिलानले इटालियन सिरी आ मा दोश्रो स्थानको लाजियोसँगको दुरी एक अंकमा छोट्याउने मौकालाई गुमाएको छ ।

आइतबारको खेलमा इन्टर २–१ ले पराजित भएपछि यसले शिर्ष स्थानको युभेन्टसलाई नै फाइदा गरेको छ । एसि मिलानसँग पराजित भएपछि लाजियो शनिबार युभेन्टसमाथि दवाब बनाउन असफल भएको थियो भने आइतबारको परिणामपछि इन्टर ११ अंकले पछि परेको छ ।

८ चरणका खेलहरु बाकी रहदा युभेन्टस ७५ अंकसहित अग्रस्थानमा रहेको छ भने लाजियोको ६८ र इन्टरको ६४ अंक भएको छ । अर्को महत्वपूर्ण खेलमा नापोलीले एएस रोमालाई २–१ ले पराजित गर्दै छैटौं स्थानमा उक्लन सफल भएपनि च्याम्पियन्स लिगमा स्थानमा बनाउन शिर्ष चारमा ठूलै उथलपुथल हुनुपर्ने देखिन्छ ।

रोमा र नापोलीको समान ४८ अंक रहेको छ तर उनीहरु चौथो स्थानमा रहेको एट्लान्टाभन्दा अझै १५ अंकले पछाडी रहेका छन् । शिर्ष चारले च्याम्पिन्यस लिग खेल्न पाउनेछन् भने पाचौं र छैटौंले युरोपा लिग खेल्नेछन् ।

मिलानको घरेलु मैदानमा रोमेलु लुकाकुले लटारो मार्टिनेजको हेडर पोस्टमा लागेर फर्किैएपछि रिबाउण्डमा गोल गर्दै २२ औं मिनेटमै अग्रता दिलाएका थिए । ५७ औं मिनेटमा डि बक्स भित्र फाउल गरेपछि रोबर्टो सोरियानोले रेड कार्ड खादै मैदान बाहिरिदा इन्टरले पेनाल्टी पनि पाएको थियो ।

तर मार्टिनेज पेनाल्टीमा गोल गर्न चुकेका थिए । ७४ औं मिनेटमा मुसा बारोले गोल गर्दै बोलोग्नालाई खेलमा फर्काए । तीन मिनेटपछि नै आलेसन्द्रो बास्टोनीले दोश्रो पहेलो कार्ड खादै मैदान बारिनि पुगेका थिए । त्यसपछि मुसा जुवाराले गोल गर्दै इन्टरलाई स्तब्ध बनाएका थिए ।

अर्को खेलमा ब्रेसियाले हेलास भेरोनालाई २–० ले हरायो भने एट्लान्टाले काग्लियारीलाई १–० पराजित गर्दै चौथो स्थानमा कायमै रहेको थियो । फियोरेन्टिनाले पार्मालाई २–१ र साम्पडोरियाले स्पाललाई ३–० ले पराजित गर्यो । युडिनेजी र जेनोआले भने २–२ गोलको बराबरी खेलेका थिए ।

Click to comment

Trending