Headline

बार्सिलोना फर्कने हल्ला चल्दै गर्दा जाभी कतारमै बसे

Published

on

स्पेन फर्किन गइरहेको हल्लालाई मत्थर पार्दै बार्सिलोना लिजेण्ड जाभी हर्नान्डेजले कतारी क्लब अल–सादसँग प्रमुख प्रशिक्षकको रुपमा अर्को एक बर्षका लागि सम्झौता गरेका छन् ।

४० बर्षिय बिश्वकप बिजेता जाभी बार्सिलोनाका प्रशिक्षक किके सेटियनको स्थान लिन स्पेन फर्किन लागेको हल्ला चल्दै आएको थियो । बार्सिलोनामा मैदान बाहिर निकै नै तनावको स्थिति सृजना भइरहदा क्याटलन महारथी ला लिगामा पनि खस्कदो प्रदर्शन गर्दै आइरहेको छ ।

बार्सिलोनामा यो स्तरसम्म तनाव व्याप्त रहेको छ की अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले केही दिन अघि सम्झौता नविकरणको छलफल अस्विकार गर्दै क्लब छोड्ने संकेत दिन थालिकेका छन् । यस क्रममा प्रशिक्षक सेटियनको भुमिकामाथि शंका पनि उब्जन थालेको छ ।

जाभीले अचम्मसँगै जनवरीमा प्रशिक्षक बन्नको लागि गरिएको आग्रहलाई अस्विकार गरेपछि अर्नेस्टो भाल्भर्डेको स्थानमा सेटियन आएका थिए । “म अल–सादमा आफ्नो भुमिकालाई निरन्तरता दिन पाउदा निकै खुशी छु । टिमको लक्ष्य भनेको खेलेका सबै प्रतियोगिताहरुको उपाधि जित्नु हो,” क्लबले जारी गरेको एक प्रेस बिज्ञप्तिमा जाभीले भनेका छन् ।

“म स्पष्ट रुपमा बार्सिलोना फर्किन चाहन्छु र यसका लागि उत्साहित पनि छु,” उनी आउन सञ्चालक समुह परिवर्तन हुन आवश्यक रहको प्रश्नमा जाभीले मार्चमा भनेका थिए । “ड्रेसिङ्ग रुपमा नकारात्मक वा बिषाक्त वातावरण भने हुनु हुदैन ।”

बार्सिलोना एकेडेमीबाट सिनियर टोलीमा किर्तिमानी खेलहरु खेल्ने क्रममा जाभीले बार्साका लागि चार च्याम्पियन्स लिग र ८ ला लिगा उपाधिहरु जितेका थिए । २०१५ मा खेलाडीको रुपमा अल–सादसँग जोडिएका जुलाई देखि प्रशिक्षकको रुपमा काम गरिरहेका छन् ।

Click to comment

Trending