Headline

रामोस पेनाल्टीमा अचुक, रियलको ७ अंकको अग्रता

Published

on

सर्जियो रामोसले पेनाल्टी मार्फत लगातार २२ औं गोल गरेसँगै रियल म्याड्रिडले स्पेनिस ला लिगामा ७ अंककौ स्पष्ट अग्रता बनाएको छ ।

प्रतिस्पर्धात्मक खेलमा रियलले आइतबार एथ्लेटिक बिल्बाओमाथि १–० को कठिन जित हात पार्यो । रामोसले ७३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेपछि रियलले बार्सिलोनामाथि ७ अंकको अग्रता लिएको हो । ३४ खेल खेलेको रियल म्याड्रिडले अब बाकी रहेका चार लिग खेलमा तीनमा जित हात पारे पर्याप्त हुनेछ ।

एक खेल कम खेलेको बार्सिलोनाको ७० अंक रहेको छ । बार्साले आइतबारको अन्तिम खेलमा भिल्लारियालको सामना गरिरहेको छ । ला लिगामा एट्लेटिको म्याड्रिडको ६२ अंक रहेको छ भने चौथो स्थानको सेभियाको ५७ अंक भएको छ ।

आइतबार नै रेलिगेसनका लागि संघर्षरत इस्पान्योलले लेगानेसको सामना गर्नेछ भने आसासुनाले गेटाफेसँग खेल्नेछ ।

Click to comment

Trending