Headline

युरोपियन राउन्डअपः रोनाल्डोले गरे ६ दशक पुरानो किर्तिमानको बराबरी

Published

on

त्रिष्चियानो रोनाल्डोले ४३ औं प्रयासमा फ्रि किकमार्फत युभेन्टसका लागि पहिलो गोल गर्दै क्लबको ६ दशक पुरानो किर्तिमान तोडेको दिन लगातार ८ पटकको डिफेन्डिङ्ग च्याम्पियन पुन इटालियन सिरी आ को उपाधि नजिक पुगको छ ।

शनिबारको खेलमा पाउलो डिबाला र रोनाल्डोले गोल गरेपछि युभेन्टसले टोरिनोलाई ४–१ फराकिलो अन्तरले पराजित गर्यो । त्यसपछि एसि मिलानले लाजियोलाई ३–० ले स्तब्ध बनाएपछि त्यसको प्रत्यक्ष फाइद युभेन्टसलाई पुग्यो । एक समय लाजियोसँग एक मात्र अंकको दुरीमा रहेको युभेन्टसले शिर्ष स्थानमा ७ अंकको महत्वपूर्ण अग्रता लिन सफल भएको छ ।

आफ्नो ३० औं चरणको खेल समाप्त गर्दा युभेन्टसको ७५ र लाजियो ६८ अंक रहेको छ । तेश्रो स्थानको इन्टर मिलानको ६४ अंक रहेको छ भने चौथोमा रहेको एट्लान्टाको  ६० अंक भएको छ । ज्लाटन इब्राहिमोभिचले पेनाल्टीमा गोल गरेको खेलमा सहज जित हात पारेपछि मिलान ४६ अंकसाथ छैटौं स्थानमा उक्लिएको छ । मिलानको जितमा हाकान काल्हानोग्लु र एन्ट रेबिचले पनि गोल गरेका थिए ।

यसअघि शनिबारको पहिलो खेलमा रोनाल्डोले युभेन्टस आए यता पहिलो पटक फ्रि किकमा गोल गर्दै सिरी आ को एकै सिजनमा २५ गोल गर्ने ६१ बर्ष पुरानो किर्तिमानको बराबरी गरेका छन् । ८ चरणको खेल अझै बाकी नै रहदा रोनाल्डोले त्यो किर्तिमान तोड्ने निश्चित जस्तो छ ।

युभेन्टसको जितमा डिबाला बाहेक, जुवान क्वाड्राडोले पनि गोल गरेका थिए भने खेलको अन्त्यतिर कोफी जिजिले आत्मघाती गोल गरेका थिए । टोरिनोको लागि एक मात्र गोल आन्द्रे बेलोट्टीले पेनाल्टीमार्फत गरेका थिए । शनिबारकै अर्को खेलमा सासुलोले लिचेलाई ४–२ ले हरायो ।

चेल्सी तेश्रो स्थानको दौडमा कायमै, उल्भ्स हार्यो

इङ्गलिस प्रिमियर लिगको तेश्रो स्थानको दौडमा रहेका लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले जितेपछि चेल्सीले पनि महत्वपूर्ण खेलमा रेलिगेसन जोनबाट ठ्याक्कै एक स्थान माथि रहेको वाट्फोर्डलाई ३–० ले पराजित गर्यो ।

चेल्सीको जितमा ओलिभर जिरुड, विलियन र रोस बार्कलीले गोल गरेका थिए । चेल्सी पुन ५७ अंकका साथ पुन चौथो स्थानमा उक्लिएको छ । तेश्रोमा रहेको लेस्टरको ५८ र युनाइटेडको ५५ अंक रहेको छ । यसअघि लेस्टरले क्रिष्टल प्यालेसलाई ३–० र युनाइटेडले बर्नमाउथलाई ५–२ ले हराएको थियो ।

अर्को टोली उल्भ्स भने कोरोना भाइरसपछि लिग सुचारु हुदा पहिलो पटक पराजित भएको छ । लेस्टरभन्दा ६ अंक पछाडी पर्ने क्रममा उल्भ्स आर्सनलसँग २–० ले हारेको थियो । आर्सनलको जितमा बुकायो साका र एलेक्जेण्ड्रे लाजाकाटले गोल गरेका थिए । ्

यो सिजन निकै खराब प्रदर्शन गरेको आर्सनलले लगातार दुई खेलमा जित हात पार्दै ४९ अंकका साथ सातौं स्थानमा उक्लिएको छ । पाँच खेल बाकी रहेको स्थितिमा आर्सनल आफै पनि च्याम्पियन्स लिगको दौडका लागि कायमै रहेको छ ।

स्पेनिस ला लिगा

स्पेनमा ग्रानडा र भ्यालेन्सियाले २–२ गोल गरेपछि ला लिगाको अंक तालिका क्रमश नवौं र १० औं स्थानमा कायमै रहेका छन् । दुवैको ४७ अंक रहेको छ । अन्य खेलमा रियल भालाडोलिडले आल्भेसलाई १–० ले हरायो भने सेल्टा भिगोले रियल बेटिससँग १–१ गोलको बराबरी खेलेका थिए ।

Click to comment

Trending