Headline

भार्डीमाथि व्यवस्थापक रोजर्सको बिश्वास

Published

on

गोलको खडेरीबाट गुज्रिरहेका लेस्टर सिटीका स्ट्राइकर जेमी भार्डीमाथि व्यवस्थापक ब्रेन्डान रोजर्सले आफ्नो बिश्वास कायमै राखेका छन् ।

च्याम्पियन्स लिग स्थानको दाबेदारी रहनका लागि जितको खोजीमा रहेका रोजर्सले भार्डीको खडेरीलाई लिएर त्यति चिन्ता नरहेको बताउदै उनी पुन फर्ममा फर्कने बिश्वास राखेका छन् । २०२० मा ३३ बर्षिय भार्डीको एक मात्र गोल लकडाउन अगाडी मार्चमा एस्टन भिल्लाबिरुद्ध ४–० को जितमा रहेको थियो ।

त्यो खेलमा दुई गोल गरेपछि भार्डीको इङ्गलिस प्रिमियर लिगमा कुल ९९ गोल भएको छ । लामो समय देखि खडेरीबाट गुज्रिएपनि भार्डी प्रिमियर लिगमा आर्सनलका पिएर–एमेरिक औबामेयाङसँगै १९ गोलका साथ यो सिजन संयुक्त सर्वाधिक गोलकर्ता रहेका छन् ।

कोरोना भाइरपछि प्रिमियर लिग सुचारु हुँदा लेस्टरले तीन खेलबाट मात्र दुई अंक बटुल्न सकेको छ । भार्डीको गोलको खडेरीका बारे सोध्दा रोजर्सले भनेः “जेमीले आफूलाई साबित गरेका छन् र म यहा आएदेखि उनले ताजा सास फेरेका छन् । जति पनि समय म यहा रहेको छु उनको प्रतिभा र गोल गर्न सक्ने क्षमता कायमै रहेको छ ।”

“उनले केही खेलहरुमा गोल गर्न नसकेको मात्र हो तर जब कुनै मौका पाउछन् उनले मज्जाले आफूलाई साबित गर्नेछन् । कहिले काही खेलाडीहरुलाई बिशेष कोशेढुँगा पुरा गर्न समय लाग्छ । उनी प्रिमियर लिगमा हामीले राम्रो गर्नुको प्रमुख कारण नै हो र निकै महत्वपूर्ण भुमिका खेल्दै आएका छन् ।”

प्रिमियर लिगमा तेश्रो स्थानमा रहेपनि लेस्टर चेल्सीभन्दा एक अंक र म्यानचेस्टर युनाइटेड र उल्भरह्याम्प्टन भन्दा तीन अंकले मात्र अगाडी रहेको छ । तेश्रो स्थानको समिकरणमा मात्र एक जित र हारको अन्तर रहेको छ ।

Click to comment

Trending