Headline

बिश्व किर्तिमानी म्याराथन धावक चार बर्षको प्रतिबन्धमा

Published

on

पुर्व बिश्व किर्तिमानी केन्यन म्याराथन धावक विल्सन किप्साङ डोपिङ्गमा पोजिटिभ पाइएपछि चार बर्षको प्रतिबन्धमा परेका छन् ।

बिश्व एथ्लेटिक्सको नियमनकारी निकाय आईएएएफ ले ३८ बर्षिय धावकले अप्रिल २०१८ देखि मे २०१९ का बीच चार पटकको नियमित परिक्षण छुट्टाएको कारण प्रतिबन्ध गरेको बताएको छ । तीन पटकको परिक्षणका लागि उपस्थित हुन नसकेको खण्डमा स्वत प्रतिबन्ध लाग्ने प्रावधान रहेको छ ।

दुई पटकका लण्डन म्यारथन बिजेता किप्साङले आफू ट्राफिक दुर्घटनामा परेको भन्दै एउटा तस्विर बुझाउदै मे २०१९ को परिक्षणमा उपस्थित हुन नसकेको बताएका थिए । तर उनले उपलब्ध गराएको तस्विर अगष्ट २०१९ को रहेको पाइएको थियो ।

बिश्व एथ्लेटिक्स अनुशासन समितिले किप्साङले परिक्षण छुट्टाउनुका साथै गलत प्रमाण र साक्षी उपलब्ध गरेको भन्दै जनवरी १०, २०२० देखि लागु हुने गरि चार बर्षको प्रतिबन्ध लगाएको बताएको छ । २०१२ लण्डन ओलम्पिक्सका कास्य पदक बिजेता किप्साङले बर्लिन, न्युयोर्क र टोकियो म्याराथन पनि जितेका थिए ।

उनी ४२ दशमलव १९५ किलोमिटरको दौडमा संसारकै छैटौं तिब्र गतिका धावक हुन् । दुई घण्टा, तीन मिनेट, १३ सेकेण्डको टाइमिङ्ग उनको व्यक्तिगत उच्च प्रदर्शन हो ।

केही बर्षयता केन्याका २००८ का ओलम्पिक १५ सय मिटर च्याम्पियन एस्बेल किप्रोप, पुर्व बोस्टन र सिकागो म्याराथन बिजेता रिटा जेप्टु र २०१६ का ओलम्पिक च्याम्पियन जेमिना समगँग सबै प्रतिबन्धमा परेका छन् ।

Click to comment

Trending