Headline

मोराटाको दुई गोलमा एट्लेटिको लगातार १२ खेलमा अपराजित

Published

on

अल्भारो मोराटाले दुई गोल गरेपछि एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा आफ्नो अपराजित यात्रालाई लम्ब्याएको छ । यसअघिको खेलमा बार्सिलोनालाई २–२ गोलको बराबरीमा रोक्दै उपाधि यात्रामा धक्का लगाइदिएको एट्लेटिको शुक्रबार रातिको खेलमा मायोर्कालाई ३–० ले पराजित गर्यो ।

लगातार १२ खेलमा अपराजित रहने क्रममा एट्लेटिकोले अंक तालिकामा ३४ खेलबाट ६२ अंक बटुलेको छ । तेश्रो स्थानको एट्लेटिकोका लागि भने उपाधि दौड भने समाप्त भइसकेको छ । एट्लेटिकोले अब सबैभन्दा बढी भनेको दोश्रो स्थानमा सक्काउने हो । अंक तालिकामा रियल म्याड्रिडको ७४ र बार्साको ७० अंक रहेको छ । दुवैले एक खेल कम खेलेको छ ।

शुक्रबार मोराटाले २५ औं मिनेटमा पेनाल्टी मार्फत एट्लेटिकोलाई अग्रता दिलाएका थिए । एलेक्जेण्डर सेड्लारले फउल गरेपछि प्राप्त पेनाल्टीलाई गोलकिपर मानोलो रेनाले बचाएपनि अर्का एक मायोर्काका खेलाडी पहिले नै लाइन क्रस गरेपछि फेरि अर्को प्रहार गर्न दिइएको थियो ।

पहिलो हाफ सकिनुअघि मार्कस लोरेन्टेको असिस्टमा मोरोटाले दोश्रो गोल गर्दै एट्लेटिकोलाई बलियो स्थितिमा पुर्याएका थिए । ७६ औं मिनेटमा कोकेले तेश्रो गोल गरेपछि एट्लेटिकोले सहज जित हात पारेको थियो ।

पराजयपछि मायोर्कामा रेलिगेसनको खतर अझै थपिएको छ । मायोर्का २९ अंक साथ १८ औं स्थानमा रहेको छ भने लेगानेस (२५) र इस्पान्योल (२४) रेलिगेसन जोनमा रहेका अन्य दुई टोली रहेका छन् । सेल्टा भिगो (३४) सँगै आल्भेस र आइबार –३५ अंक– लाई पनि रेलिगेसनको खतरामै रहेका छन् ।

Click to comment

Trending