Headline

च्याम्पियन्स लिग जित्न साने बायर्न तिर

Published

on

बायर्न म्युनिखले म्यानचेस्टर सिटीका विङ्गर लिरोय सानेलाई ५० मिलियन युरोमा अनुबन्धन गरेको छ ।,,

अनुबन्धन भए लगत्तैको अन्तर्वार्तामा २४ बर्षिय सानेले बायर्नसँग च्याम्पियन्स जित्ने रहर रहेको बताए । “बायर्न म्युनिख निकै ठूलो र सफल क्लब हो । यो क्लबको र मेरो लक्ष्य पनि एउटै छ,” उनले भने । “म नयाँ चुनौतीका लागि तयार छु । सम्पूर्ण टोलीसँग प्रशिक्षण गर्न आतुर छु ।”

साने बायर्नलाई लगातर आठौँ पटक बुन्डेसलिगा जिताउन सफल हान्सी फ्लिकको टोलीसँग खेल्न निकै उत्साहित रहेका बताउछन् । “हामीले फ्लिकलाई जर्मन अण्डर–२१ को टोली देखी नै चिनेका हौं । हान्सी र मेरो समन्ध पनि राम्रो रहेको छ” उनले थपे । “मलाई बायर्नसँग धेरै उपाधि जित्नु छ र त्यो मध्येको एक हो च्याम्पियन्स लिग ।”

बुन्डेसलिगा बिजेता बायर्नले सिटीलाई सानेको लागि कुनै पनि ’ट्रन्स्फर फि’ तिरेको छैन । तर इङ्गलिस सञ्चार माध्यमहरुका अनुसार भने सिटीलाई ५९.९७ मिलियन युरो तिरेको बताएका छन् ।

सानेलाई स्वागत गर्दै क्लबका अध्यक्ष कार्ल हेन्ज रुमिनिग्गेले उनी उत्कृष्ट खेलाडी भएको बताए । “राष्ट्रिय टोली र क्लब स्तरमा केही बर्ष देखी साने निकै उत्कृष्ट खेलाडी हुन् र हाम्रो लक्ष्य भने सानेबाट उत्कृष्ट खेलको अपेक्षा गर्नु हो ।”

अर्को सिजानका लागि साने ले अर्को साताबाट अभ्यास गर्ने छन् भने शनिबार हुने जर्मन कपको बायर लेवरकुसनसँगको खेलमा भने बाहिरै बस्ने छन् । साने गत बर्ष देखी नै बायर्नसँग अनुबन्धनको तरखरमा थिए तर उनलाई लागेको घुँडाका चोटका कारण उनी धेरै समय मैदान बहिर बस्दै आएका थिए । चोटले गर्दा पनि बायर्न सानेलाई भित्र्याउने वा नभित्र्याउने निर्णयमा पुग्न सकेको थिएन ।

Click to comment

Trending