Headline

नरेश र महेशको सेते दाइलाई सहयोग

Published

on

पुर्व राष्ट्रिय क्रिकेट खेलाडीद्वय नरेश बुढाएर र महेश क्षेत्रीले त्रिवि मैदानका ग्राउण्ड स्टाफ दिवँगत सेते दाई (जय बहादुर गुरङ) को उपचारको लागि पठाएको झण्डै १ लाख नगद शुक्रबार उनी पत्नीलाई हस्तान्तरण गरिएको छ ।

दुई खेलाडीले नेपलिज क्यनेडियन क्रिकेट क्लबको सहयोगमा उक्त रकम संकलन गरेका थिए तर हस्तान्तरण भने गरिएको थिइएन । क्रिकेट खेलाडी संघ नेपालका अध्यक्ष डक्टर मनिष राज पाण्डेले शुक्रबार सेते दाईकी पत्नीलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

नरेश र महेश दुवै अहिले क्यनडामा रहेका छन् भने त्यही क्रिकेट सिकाउने र खेल्ने पनि गर्दछन् । महेश नियमित ओपनरको रुपमा खेल्ने गर्थे भने नरेश कहिले ओपनिङ्ग त कहिले मिडल अर्डरमा ब्याटिङ्ग गर्दै आएका थिए ।

त्रिवि मैदानमा डेढ दशक बिताएका सेते दाइ मृगौलाको समस्यका कारण बिरामी भएका थिए । उनको मार्च ३० का दिन मृत्यु भएको थियो ।

Click to comment

Trending