Headline

उपाधि नजिक रियल म्याड्रिड

Published

on

सर्जियो रामोसको एक मात्र गोलको मद्दतमा रियल म्याड्रिड गेटाफेमाथि १–० को कठिन जित हात पार्दै स्पेनिस ला लिगामा चार अंकको स्पष्ट अग्रता बनाउन सफल भएको छ ।

लगातारको आक्रमण बिफल पार्दै आएपछि हतोत्साहित बनेको रियलले ७९ औं मिनेटमा ड्यानी कार्भाहालमाथि फउल भएपछि पेनाल्टी पाएको थियो । रामोसले त्यसलाई गोलमा परिणत गरेका थिए । रामोसले रियलका लागि लगातार २१ पेनाल्टीमा गोल गरेका छन् ।

च्याम्पियन्स लिगको स्थानका लागि दाबेदारीमा रहेको गेटाफेले राम्रो आक्रमण बुन्दै गोल गर्ने प्रयास गरेपनि रियल गोलकिपर थिबाउ कोर्ट्वाले तीन राम्रो बचाउ गरेका थिए । शारिरिक लडाइ जस्तो देखिएको डर्बि खेलमा १० खेलाडीले पहेलो कार्ड पाएका थिए ।

रियलले दोश्रो स्थानको बार्सिलोनासँग अब चार अंकको स्पष्ट अग्रता बनाएको छ । पाँच खेल बाकी रहेको स्थितिमा रियलको ७४ अंक रहेको छ र अब चार खेलमा जित हात पारेको खण्डमा २०१२ पछि पहिलो पटक ला लिगाको उपाधि जित्नेछ ।

अंक बराबर रहेको स्थितिमा बार्सिलोना लगातार दुई खेलमा बराबरीमा रोकिएपछि रियले स्पष्ट अग्रता लिने मौका पाएको थियो । गेटाफे ५२ अंकका साथ छैटौं स्थानमा रहेको छ ।

बिहिबार नै भएको अन्य खेलमा ओसासुनाले आइबारलाई २–० ले हरायो भने रियल सोसिडाडले इस्पान्योललाई २–१ ले पराजित गर्यो ।

Click to comment

Trending