Headline

अरविन्द डि सिल्भालाई बिश्वकप म्याच फिक्सिङ्ग छानबिनमा ६ घण्टा बयान लिइयो

Published

on

भारतले जितेको २०११ क्रिकेट बिश्वकपमा फिक्सिङ्ग गरेको आरोप लागेपछि श्रीलंकाले पुर्व क्रिकेट अरविन्द डि सिल्भासँग ६ घण्टा पुछताछ गरेको छ ।

श्रीलंकाका पुर्व खेलकुद मन्त्री र १९९६ बिश्वकप बिजेता कप्तान अर्जुना रणतुँगाले श्रीलंका फाइनल पुगेको बिश्वकपमा श्रीलंका नै म्याच फिक्सिङ्गमा संलग्न रहेको आरोप लामो समयदेखि लगाउदै आएका छन् । केही दिनअघि श्रीलंकाले आरोपको छानबिन गर्ने भन्दै बिशेष समिति बनाएको थियो ।

२०११ बिश्वकपमा श्रीलंकन टोलीको कप्तान रहेका कुमार साँगाकारालाई पनि श्रीलंकन खेलकुद मन्त्रालयको छानबिन समिति अगाडी आफ्नो बयान दिनका लागि आदेश दिइएको छ । साँगाकारालाई बिहिबार नै समिति अगाडी उपस्थित हुनका लागि भनिएको छ ।

डि सिल्भाले दिएको बयाका आधारमा हामीले २०११ को बिश्वकप टोलीका केही खेलाडीहरुलाई बयानका लागि बोलाउने निर्णय लिएका छौं, छानबिन समितिका सदस्य तथा प्रहरी एसएसबी डब्लुजेएएच फोन्सेकाले डेलि मिररलाई बताएका छन् ।

जुन २४ मा बिशेष छानबिन समितिले आरोप लगाउदै आएका पुर्व खेलकुद मन्त्री महिन्दानन्दा अलुथगामागेको बयान रेकर्ड गरेको थियो । हाल राज्यमन्त्री रहेका अलुथगामागेले आफ्नो दाबी आशंका रहेकाले यसको बिस्तृत छानबिन हुनेपर्ने बयान दिएका थिए ।

अलुथगामागेले खेलाडी लागे नलागेको स्पष्ट नभएपनि एक समुह भने फिक्सिङ्गमा संलग्न रहेको बताउदै आएका थिए । साँगाकाराले यसअघि अलुथगामागेलाई फिक्सिङ्ग सम्बन्धी प्रमाण छ भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एन्टी करप्सन युनिटलाई बुझाएर सहयोग गर्न आग्रह पनि गरेका थिए । अर्का खेलाडी माहेला जयावद्र्धनेले पनि अलुथगामागेको दाबी निराधार रहेको भन्दै प्रमाण सहित अभिव्यक्ति दिन भनेका थिए ।

Click to comment

Trending