Headline

चेल्सी र लेस्टरको हारपछि प्रिमियर लिगमा तेश्रो स्थानमा रोमाञ्चक होडबाजी

Published

on

चेल्सी र लेस्टर सिटी दुवै पराजित भएपछि इङ्गलिस प्रिमियर लिगको तेश्रो स्थानको लागि प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ ।

बुधबार रातिको खेलहरुमा चेल्सी वेष्ट ह्यामसँग ३–२ र लेस्टर एभर्टनसँग २–१ ले पराजित भयो । पराजयपछि लेस्टर तेश्रो र चेल्सी चौथो स्थानमा कायमै रहेको छ । दुवै टोली पराजित हुदा म्यानचेस्टर युनाइटेड, उल्भरह्याम्पटन र दोश्रो स्थानको म्यानचेस्टर सिटीलाई समेत फाइदा पुगेको छ ।

अंक तालिकाको शिर्ष दुई टोली लिभरपुल र म्यानचेस्टर सिटी बिहिबार ३२ औं चरणको अन्तिम खेलमा भिड्दैछन् । उपाधि जितिसकेको लिभरपुलको ८६ र सिटीको ८३ अंक रहेको छ । त्यसपछि निकै प्रतिस्पर्धात्मक रहेको अंक तालिकामा लेस्टरको ५५, चेल्सीको ५२, युनाइटेड र उल्भ्सको समान ५२ अंक रहेको छ ।

बुधबार राति कै खेलमा आर्सनलले पुछारको नर्विच सिटीलाई ४–० ले हराउदै सातौं स्थानमा उक्लियो । आर्सनलको ४६ अंक रहेको छ तर टोटेन्ह्याम हटस्परले बिहिबारको पहिलो खेलमा सेफिल्डलाई पराजित गर्न सके होजे माउरिन्होको टोली नै सातौंमा उक्लनेछ ।

लेस्टरलाई हराउने क्रममा एभर्टनका लागि रिचार्लिसनले १० औं र गिल्फी सिगुर्ड्सनले १६ औँ मिनेटमा गोल गरेका थिए । लेस्टरका लागि ५१ औँ मिनेटमा केलेची इनियाचोले गोल त फर्काए तर हार टार्नका लागि पर्यापत भने भएन ।

अवे खेलमा चेल्सीले ४२ औँ मिनेटमा विलियनको पेनाल्टीमार्फत अग्रता लिएको थियो । वेष्ट ह्यामले खेलमा फर्कदै टोमस सुचेकमार्फत पहिलो हाफको अतिरिक्त समयमा बराबरी गरेको थियो । त्यसपछि वेष्ट ह्यामले नै खेलमा अग्रता लिएको थियो । ५१ औँ मिनेटमा मिकेल एन्टोनियोले वेष्ट ह्यामका लागि गोल गरेका थिए ।

७२ औँ मिनेटमा विलियनले फ्रि किकबाट गोल गर्दै चेल्सीलाई खेलमा फर्काउन सफल भए । तर चेल्सीको डिफेन्सको फाईदा उठाउदै वेष्ट ह्यामका लागि आन्द्रे यार्मोलेंकोले ९० औँ मिनेटमा गरेका थिए ।

आर्सनलको फराकिलो जितमा पिएरे एमेरिक औबामेयाङले दुई, ग्रानीट जाका र सेड्रिक सोअरेसले १–१ गोल गरेका थिए । अर्को खेलमा न्युकासल युनाइटेड बर्नमाउथलाई ४–१ पराजित गर्दै १३ औँ स्थानमा उक्लिएको छ ।

Click to comment

Trending