Headline

रोनाल्डो र डिबालाले ६ मिनेटको अन्तरमा दुई गोल गर्दा युभेन्टस बिजयी

Published

on

स्टार फर्वार्ड क्रिष्चियानो रोनाल्डो र पाब्लो डिबालाले ६ मिनेटको अन्तरमा दुई गोल गरेपछि युभेन्टसले इटालियन सिरी आ मा आफ्नो चार अंकको अग्रतालाई कायमै गरेको छ ।

मङ्गलाबरको खेलमा युभेन्टसले जेनोआलाई ३–१ ले पराजित गर्दा डग्लस कोस्टाले पनि एक गोल थपेका थिए । युभेन्टस ७२ अंकका साथ शिर्ष स्थानमा कायम रहेको छ भने दोश्रो स्थानको लाजियोको ६८ अंक भएको छ । मङ्गलबार नै लाजियोले टोरिनोलाई २–१ ले हराएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएपनि डिबालाले ५० औं मिनेटमा एकल प्रयासमै शान्दार गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । रोनाल्डाले ६ मिनेटपछि नै २५ यार्डबाट प्रहार गरेको सशक्त प्रहार गोलमा परिणत गरेका थिए । उनले युभेन्टसका लागि यो सिजन २४ गोल गरिसकेका छन् ।

कोस्टाले ७३ औं मिनेटमा युभेन्टसका लागि तेश्रो गोल गरे भने ७६ औं मिनेटमा आन्दे्र पिनामोन्टीले जेनोआका लागि सान्त्वना गोल गरेका थिए । रोनाल्डो युभेन्टसका लागि एकै सिजन २५ गोल गर्ने ६० बर्षको किर्तिमान नजिक पुगेका छन् । पछिल्लो पटक ओमर सिभोरीले १९६०–६१ को सिजनमा २५ गोल गर्दै किर्तिमान कायम गरेका थिए ।

लाजियोले एक पटक फेरि एक गोल पछि परेको स्थितिलाई उल्टाउदै जित हात पारेको हो । आन्द्रे बेलोट्टीले पेनाल्टीमा गोल गर्दै टोरिनोलाई पाचौं मिनेटमै अग्रता दिलाएका थिए । दोश्रो हाफको तीन मिनेटमै सिरो इमोबिलेले खेललाई बराबरीमा ल्याएका थिए । मार्को परोलोले ७२ औं मिनेटमा बिजयी गोल गरेका थिए ।

Click to comment

Trending