Headline

भ्यालेन्सियाका प्रशिक्षक सेलाडेस बर्खास्त

Published

on

स्पेनिस ला लिगा क्लब भ्यालेन्सियाले लगातारको खराब नतिजापछि प्रशिक्षक अल्बर्ट सेलाडेसलाई बर्खास्त गरेको छ । सेलाडेसको जागिर भ्यालेन्सियामा जागिर ९ महिना भन्दा अलिकति मात्र बढी चलेको थियो ।

यस्तै क्लबका स्पोट्रिङ्ग डाइरेक्टर सेजार साञ्चेजलाई पनि जागिरबाट निकालिएको छ । सेलाडेसको स्थानमा भोरो गोञ्जालेजलाई यो सिजनको अन्त्यसम्मका लागि प्रशिक्षक नियुक्त गरिएको छ । उनी छैटौं पटक भ्यालेन्सियाको अन्तरिम प्रशिक्षक नियुक्त भएका हुन् ।

सन् २००८ मा रोनाल्ड कोमानलाई पदच्युत गरिएपछि क्लब सम्हालेका गोञ्जालेजले भ्यालेन्सियालाई रेलिगेसनबाट जोगाएका थिए । मार्सेलिनोलाई बर्खास्त गरिएपछि सेलाडेसले सेप्टेम्बर, २०१९ मा उनको स्थान लिएका थिए ।

सन् २०१४ मा सिँगापुरका व्यापारी पिटर लिमले क्लब खरिद गरेयता बर्खास्त हुने सेलाडेस छैटौं प्रशिक्षक हुन् । २०२० को जनवरीमै नियुक्त भएका साञ्चेज पनि बर्खास्त हुने छैटौं स्पोर्टिङ्ग डाइरेक्टर हुन् । सेलाडेसले क्लब छोडे लगत्तै साञ्चेजले पनि राजीनामा दिएको स्पेनिस सञ्चार माध्यमहरुले लेखेका छन् ।

ला लिगाको आठौं स्थानमा रहेको भ्यालेन्सियले पछिल्लो चार मध्ये तीन खेल हारेको छ ।

Click to comment

Trending