Headline

साफ च्याम्पियनसिपसँगै अन्य तीन प्रतियोगिता स्थगित

Published

on

सेप्टेम्बर ७ देखी बङ्गलादेशको ढाका हुने भनिएको १३ औं साफ च्याम्पियनसिपसँगै अन्य तीन दक्षिण एसियाली फुटबल प्रतियोगिताहरु अर्को सालको लागि स्थगित गरिएको छ ।

साफ सहभागि राष्ट्रका फुटबल संघहरुका महासचिवहरुबीच सोमबार गरिएको भर्चुवल बैठकमा प्रतियोगिता स्थगित गर्ने निर्णय गरिएको हो । कोरोना भाईरसको महामारी र अक्टोबरमा एएफसीले विश्वकप तथा एसियन कप छनोटका लागि अघि सारेको प्रस्तावित मितीका कारण प्रतियोगिता सर्ने भएको हो ।

यस्तै उमेर समुहका साफ अण्डर–१५ च्याम्पियनसिप, साफ अण्डर–१५ उमन्स च्यम्पियनशिप र साफ अण्डर–१८ उमन्स च्याम्पियनसिप पनि २०२१ का लागि सार्ने बैठकले निर्णय गरेको छ । २०२१ का लागि सारिएको प्रतियोगिताहरुको नयाँ मिति भने तय गरिएको छैन ।

साफ च्याम्पियनसिप नेपालका लागि निकै महत्वपूर्ण प्रतियोगिता हो । नेपाली राष्ट्रिय टोली २०१५ को साफ च्याम्पियनसिप बाहेक पाँच संस्करणमा सेमीफाइनलबाट बहिरिएको छ ।

२०१३ मा नेपालमा भएको साफमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल सेमीफाइनलमा अफ्गानिस्तानसँग पराजित हुन पुगेको थियो भने २०१५ मा समुह चरण र २०१८ को साफमा फेरी पनि सेमीफाइनलबाट बहिरिएको थियो ।

Click to comment

Trending